Technology Khabar १५ फाल्गुन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । ह्वाट्सएपमा डार्क थिमको सर्पोट बीटा फेसमा आईसकेको छ । तर हालसम्म सबै यूजरहरुलाई भने यो फिचर उपलब्ध छैन । हाल कम्पनीले नयाँ ह्वाट्सएप डार्क थिम फिचरमा काम गरिरहेको छ ।
रिर्पोटहरुका अनुसार ह्वाट्सएप आफ्नो वेब प्लेटर्फमको लागी नयाँ डार्क थिम फिचरमा काम गरिरहेको छ । ह्वाट्सएपको यो फिचर हालै स्मार्टफोनको बिटा भर्जन २.२०.३०.२५ मा आएको छ । ह्वाबेटाइन्फो को एक रिर्पोटको अनुसार सबै यूजरहरुको लागी ह्वाट्सएपको डार्क मोड चाडै नै जारी हुने छ ।
यस डार्क मोडसँगै कम्पनीले चाँडै नयाँ डार्क मोड फिचरपनि जारी गर्न सक्ने छ । कम्पनीले डार्क मोड फिचरलाई अन्य प्लेटफर्ममा लिएर जाँदैछ । ह्वाट्सएप आफ्नो डेक्सटप एप र डेक्सटप भर्जन दुबैको लागी डार्क मोड फिचरमा काम गरिरहेको छ । यदि कुनै प्रयोगकर्ताले बीटा भर्जनको लागी साइनअप गरेमा उनिहरुले पनि यसलाई प्रयोग गर्न सक्ने छन्।
स्मरण रहोस ह्वाट्सएपको डार्क मोड हालसम्म सबै प्रयोगकर्ताहरुको लागी भने आईसकेको छैन् । कम्पनीले स्टेबल र बग फ्रि एक्सपेरियन्सको लागी यस फिचरमा काम गरिरहेको हो । ह्वाट्सएप वेब डार्क मोड एप लगभग हरेक सेक्शनमा देखिने छ । कम्पनीले डार्क थिमलाई टेक्स्ट र ईमोजी आदि भागहरुमा समेत राखेको छ । यस फिचरलाई बिकशित गरिरहेको टिमलाई हाल यूआई लाई अझ राम्रो गर्नुपर्ने आवश्यकता रहेको छ ।
ह्वाट्सएपको यो फिचर हाल उपलब्ध नरहे पनि भविष्यमा देख्न सकिने छ । यस फिचरलाई जारी गर्न बेला ह्वाट्सएपले यसलाई एक्टिभ गर्नको लागी बटन पनि दिन सक्ने छ । हाल यस फिचर कहिले सार्वजनिक हुन्छ भन्ने कुरामा कुनै जानकारी आएको छैन । कम्पनीले यस फिचरलाई लन्च गर्नु पहिले मोबाइल भर्जनमा डार्क मोड लन्च गर्ने छ । एजेन्सी
प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार