आईक्यू ३ को फोरजी र ५जी भेरिएन्ट लन्च, ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप

Technology Khabar १५ फाल्गुन २०७६, बिहीबार

आईक्यू ३ को फोरजी र ५जी भेरिएन्ट लन्च, ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप

काठमाडौं ।

काठमाडौं । भीभोकाे सब ब्राण्डअन्तरगत रहेको आईक्यूले आफ्नो नयाँ स्मार्टफोन आईक्यू ३ भारतमा लन्च भएको छ । यो भारतमा लन्च गरिएको दोस्रो ५जी स्मार्टफोन हो । यसअघि रियलमीले २४ फरवरीमा रियलमी एक्स ५० प्रो ५जी भारतमा लन्च भएको थियो ।

महत्वपुर्ण कुरा आईक्यू र रियलमी दुबै चिनियाँ कम्पनीले बिबिके इलेक्ट्रोनिक्स अन्तर्गत रहेर काम गर्दछन । यद्पी भारतमा यी कम्पनीहरुले स्वतन्त्ररुपमा रहेर काम गर्ने गरेका छन् ।आईक्यूको यो फोन भारतमा लन्चसँगै बिश्वबजारमा समेत सार्वजनिक भएको हो । आईक्यूको यस स्मार्टफोनमा सबै हाई एन्ड स्पेसिफिकेशनहरु दिइएको छ । आईक्यूले ५जी सँगै अर्को एक ४जी स्मार्टफोन पनि भारतमा लन्च गरेको हो ।

कम्पनीले आफ्नो ४जी भेरियन्टमा ८जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज प्रदान गरेको छ । जसको मुल्य ३६,९०० भारु तोकिएको छ । त्यस्तै कम्पनीको ४ जी कै अर्को भेरियन्टलाई ३९,९९० भारु तोकिएको छ । जसमा ८ जीबी र्याम र २५६जीबी स्टोरेज रहेको छ ।

कम्पनीको ५जी भेरियन्टको मुल्य ४४,९९० भारतीय रुपैयाँ रहेको छ । यसमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ । कम्पनीको ५जी स्मार्टफोन आईक्यू ३ ५जी मा फ्ल्यागशिप प्रोसेसर स्नापड्रयागन ८६५ चिपसेटको प्रयोग गरिएको छ । यस स्मार्टफोनमा १२०एचजेड रिफ्रेश रेट भएको डिस्प्ले रहेको छ । यसमा एचडिआर १० प्लसको सर्पोट पनि रहेको छ । गेमिंगको लागी यस स्मार्टफोनलाई खास बनाइएको छ र गेम सेन्ट्रिक फिचरहरु पनि प्रदान गरिएको छ ।

फोनमा अल्ट्रा गेमिंग मोडसँगै एजमा टच बटन पनि दिइएको छ जसलाई कम्पनीले मास्टर टच भनेको छ । यसबाहेक यसमा ४ डि गेमिंग भाईब्रेशन र मल्टि टर्बो फिचर पनि रहेको छ । आईक्यू ३ एन्ड्रोएड १० मा आधारित आईक्यू यूआईमा रन गर्दछ । यसमा ६.४३ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ जसको रेज्योलुशन १०८०×२४०० रहेको छ ।

कम्पनीको यस फोनको रियरमा क्वाड क्यामरा सेटअप रहेको छ । यसको प्राइमरी लेन्स ४८ मेगापिक्सलको, दोस्रो ८ मेगापिक्सलको, तेस्रो १३ मेगापिक्सलको र चौथो २ मेगापिक्सलको क्यामरा रहेको छ । फोनमा २०× डिजिटल जूमको सर्पोट पनि रहेको छ र यस सँगै सुपर नाइट मोड जस्ता फिचरहरु पनि फोनमा रहेको छ ।

आईक्यूको ब्याट्री ४,४०० एमएएचको रहेको छ यसको साथै यसका लागी ५५ वाटको चार्जिंग सर्पोट पनि रहेको छ । कम्पनीले फोनलाई १५ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिने दाबी गरेको छ । यस स्मार्टफोनमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहेको छ । र कम्पनीले यसलाई ०.३१ सेकेन्डमा नै अनलक गर्न सकिने दाबी पनि गरेको छ । एजेन्सी

easy care

प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार

ताजा समाचार