एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’, रु.१०० माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट

Technology Khabar १५ फाल्गुन २०७६, बिहीबार

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’, रु.१०० माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट
Classic Tech

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्नेछन् ।

यो अफर बिहीबार फागुन १५ देखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक १७१०६ ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागी गराउन सक्छन् ।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रति मिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

यसैगरी ग्राहकहरुले रु १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन्।

यो अफर ९० दिन सम्म संचालनमा रहनेछ । ग्राहकले एस्ट्रिक १७१०६ एस्ट्रिक १ ह्यास डायल गरी आफुले सुचारु गरेको अफरको समयसीमा सजिलै थाहा पाउन सक्ने एनसेलले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...