भारती इन्फ्राटेलले इण्डस टावर्ससँगको मर्जरलाई २ महिना पछाडि धकेल्यो

Technology Khabar १५ फाल्गुन २०७६, बिहीबार

भारती इन्फ्राटेलले इण्डस टावर्ससँगको मर्जरलाई २ महिना पछाडि धकेल्यो

काठमाडौं । भारती इन्फ्राटेलले इण्डस टावर्ससँगको आफ्नो मर्जर अवधिलाई बढाएको छ । कम्पनीले आगामी अप्रिल २४ तारिखसम्मका लागि बिस्तार गरिएको जानकारी दिएको छ। कम्पनीले अहिलेको एजीआर समस्याका र त्यसको ग्राहकहरुलाई पर्ने असरको आधारमा बोर्डले निर्णय लिने बताईएको छ ।

दुबै कम्पनीबिचको मर्जरमा हुने ढिलाइृले भने भोडाफोन आईडियालाई समस्यामा पार्नेछ जसले सरकारलाई करिब ५३ हजार करोड भारु तिर्नुपर्ने बाँकी छ । सो कम्पनीले इन्डस टावर्ससँगको मर्जरबाट करिब ५ हजार ५ सय करोड भारु आउने अपेक्षा गरेको छ ।

भोडाफोन आइडियाले यसअघि ३ हजार ५ सय करोड भारु बाँकी बक्यौताको रुपमा भारत सरकारलाई तिरिसकेको छ भने कुनै थप रकम आएको खण्डमा कम्तिमा सरकारलाई एजीआरको मुख्य रकम तिर्न सक्नेछ ।

भारती इन्फ्राटेलले दर्ता गरेको कानूनी फाइलअनुसार अन्तिम निर्णय कम्पनी र यसका स्टेकहोल्डरहरुको उत्कृष्ट चाहनालाई आधारमा राखेर बृहतरुपमा निर्णय गरिने उल्लेख छ । एजेन्सी

TK Viber

प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार

Loading...