गलत तरिकाबाट स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट नगर्नुस्, यो कुराको ध्यान राख्नुस्

Technology Khabar १४ फाल्गुन २०७६, बुधबार

गलत तरिकाबाट स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट नगर्नुस्, यो कुराको ध्यान राख्नुस्
Classic Tech

काठमाडौं । धेरैजसो मानिसहरु आफ्नो स्मार्टफोन स्लो हुने बित्तिकै फ्याक्ट्रि रिसेट गर्ने गर्दछन् । यस्तोमा कहिले काँहि गलत तरिकाले फ्याक्ट्रि रिसेट गर्दा फोनमा रहेको सबै डाटा डिलिट हुने पनि गर्दछ । यसरी स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट गर्दा हुने गल्तीबाट बच्न तल केहि उपायहरु उल्लेख गरिएको छ ।

पहिले प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट गर्दा फोनमा भएको सबै डाटा डिलिट हुने छ भन्ने जानकारी हुनु पर्नेछ । डाटासँगै फोनमा रहेको एप्स, सेटिंग्स तथा पासवर्ड सबै डिलिट हुने छ । फ्याक्ट्रि रिसेटपछि प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई किन्दाको अवस्थामा भएजस्तै पाउने छन्। त्यसैले फोनलाई फ्याक्ट्रि रिसेट गर्नुपहिले ब्याकअप लिनु पर्नेछ ।

आफ्नो फोनलाई जहिले फ्याक्ट्रि रिसेट गर्नुपरे पनि ब्याकअप लिन भुल्नु हुँदैन । त्यस्तै प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा रहेको डाटालाई कुनै अर्को मोबाइल वा ल्यापटसँग कलेक्ट गरेर सेभ गर्न पनि सक्ने छन् । यसबाहेक डाटालाई मेमोरी कार्डमा सेभ गर्न पनि सकिन्छ ।

याद रहोस् प्रत्येक स्मार्टफोनको अपरेटिंग सिस्टम अलग अलग हुने गर्दछ त्यसैले स्मार्टफोनलाई रिसेट गर्नको लागी पनि अलग अलग सेटिंग्स हुने गर्दछ । फोनलाई रिसेट गर्नको लागी फोनको सेटिंग्समा गएर प्राईभेसी वा ब्याकअप एन्ड रिसेट विकल्पमा गएर फ्याक्ट्रि रिसेटलाई सेलेक्ट गर्नुपर्दछ । यसपछि रिसेट फोनमा क्लिक गर्नुपर्नेछ । जसबाट प्रयोगकर्ताको स्मार्टफोन रिसेट हुने छ ।

प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोनलाई पटकपटक फ्याक्ट्रि रिसेट गर्दा फोनको इन्टरनल स्टोरेजमा गलत प्रभाव पर्न सक्ने छ । त्यसैले निकै आवश्यक रहेको बेलामात्रै फ्याक्ट्रि रिसेट गर्ने गरौं ।

प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...