भीभोको अनौठो डिजाइनयुक्त फोन एपेक्स २०२० फरवरी २८मा लन्च हुने, अनलाइन इभेन्ट मात्र गरिने

Technology Khabar १४ फाल्गुन २०७६, बुधबार

भीभोको अनौठो डिजाइनयुक्त फोन एपेक्स २०२० फरवरी २८मा लन्च हुने, अनलाइन इभेन्ट मात्र गरिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । भीभोले गतवर्ष आफ्नो प्रविधिको प्रदर्शन गर्दै एपेक्स २०१९ स्मार्टफोन पेश गरेको थियो । यो फोनमा कुनै बटन वा पोर्ट नदिई निकै अनौठो डिजाइनको बनाएको थियो । यूनिबडी ३डी डिजाइनमा बनेको भीभो एपेक्स २०१९ ले स्मार्टफोन बजारमा निकै चर्चा पाएको थियो ।

यसवर्ष पनि मोबाइल वल्र्ड कंग्रेश २०२० मा भीभोले एपेक्स फोनको नयाँ मोडल प्रदर्शन गर्ने तयारीमा रहेता पनि एमडब्लुसी स्थगित भएको कारणले यो पुरा भएको थिएन । तर हाल भीभोले आधिकारीक रुपमा भीभो एपेक्स २०२० स्मार्टफोनलाई आउँदो २८ फरवरीमा टेक क्षेत्रमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

भीभोले चिनियाँ माइक्रोब्लगिंग साइट विबोमा कम्पनीले २८ फरवरीमा आफ्नो नयाँ नेक्स्ट जेनेरेशन स्मार्टफोन एपेक्स २०२० सार्वजनिक गर्ने घोषणा गरेको हो । यस फोनको लन्चका लागी भीभोले कुनै इभेन्ट आयोजना भने गर्ने छैन् । यस फोनलाई अनलाइनमार्फत लन्च गरिने छ ।

भीभोले हालसम्म एपेक्स २०२० को स्पेसिफिकेशनहरुको कुनै जानकारी दिएको छैन्। तर फोनको टिजरबाट यो डिभाइस १२० हर्ज रिफ्रेश रेट भएको डिस्प्लेमा हुनेछ र फोनमा पेरिस्कोप जुम लेन्स भएको रियर क्यामरा रहने छ ।

भीभोको एपेक्स २०२० नेपाली बजारमा पनि प्रदर्शन हुनसक्ने संभावना रहेको छ । किनकी कम्नपनीले यसअघि पनि गत वर्ष भीभो एपेक्स २०१९ कन्सेप्ट फोन नेपाली बजारमा सिमित मिडियाहरुका बिचमा लन्च गरेको थियो । तर नेपालमा कहिले लन्च हुन्छ भन्ने बारेमा भने स्पष्ट छैन् ।

यसैबिच भीभोले गएको हप्ता विबोमा नै एक पोस्ट गर्दै कम्पनीले २९ फरवरीमा भीभो जेड६ ५जी नामको एक नयाँ स्मार्टफोन चिनियाँ मार्केटमा लन्च गर्ने बताएको थियो । यस स्मार्टफोनमा पञ्चहोल डिस्प्ले रहने छ । भीभो जेड६ को डिस्प्लेको तीन कर्नर बेजलमा रहने छ र भने तलतर्फ थोरै चौडा चेन पार्ट रहने छ ।

भीभो जेड६ ५जी स्मार्टफोनको ब्याक प्यानलमा क्वाड रियर क्यामरा सेटअप रहने छ । यस स्मार्टफोनमा कम्पनीले क्वालकमको स्न्यापड्रयागन ७६५ चिपसेट प्रयोग गर्ने कुरा यसको टिजर ईमेजमा उल्लेख गरिएको छ । महत्वपुर्ण कुरा यस चिपसेटले ड्युअल मोड ५जी नेटवर्क (एसए–एनएसए) सर्पोट गर्दछ । यस स्मार्टफोनमा पावर ब्याकअपको लागी ५,००० एमएएचको ब्याट्री रहेको छ जसले ४४ वाटको फास्ट चार्जिंगलाई सर्पोट गर्नेछ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया