Technology Khabar १४ फाल्गुन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । एप्पलले आफ्नो नयाँ मोबाइल अपरेटिंग सिस्टम आईओएस १४ यसै वर्ष सार्वजनिक गर्ने भएको छ । एप्पलले वर्षेनी हुने डब्लुडब्लुडीसी २०२० डेभलपर कन्फ्रेन्समा आईओएस १४ पेश गर्ने गर्दछ ।
तर यसअघि नै आईओएस १४ को बारेमा एक भिडियोमा लीक भएको हो ।
यस भिडियोमा आईओस १४ मा चलिरहेको एक आईफोन देखिएको छ । लन्च अघि नै स्मार्टफोनको कन्सेप्ट बनाउने बेन जेस्किंगले एक भिडियो पोस्ट गरेका छन्। जसमा आईओस १४ को इन्टरनल बिल्ड देखिएको छ ।
आईओस १४ को यस भिडियोमा एक यूजरले आईओएस १४ नेभिगेट गरिरहेको देखिएको छ । यहाँ सबैभन्दा ठुलो विषय यसमा मल्टिटास्किंगको सर्पोट देखिएको छ । रिर्पोटकाअनुसार आईओएस १४ मुख्य फिचरहरुमा एक मल्टिटास्किंग सर्पोट पनि हुने छ ।
यसको ब्याकग्राउन्डमा ओपन एप्लिकेशनको लागी छुट्टै लेआउट देखिएको छ । स्पाइप अप र होल्ड नाउबाट ब्याकग्राउन्ड एप्लिकेशन ग्रिड देखिएको छ । ब्याकग्राउन्डमा देखिएको एप लक गर्ने अप्शन पनि देख्न सकिन्छ । आशा गरिएको छ कि यसलाई पिन गर्नको लागी यूज गर्न सकिन्छ ।
यद्पी केहि यूजरहरुले यो जस्तै केही फिचरहरु आईओस १३ मा रहेको तर यसको लागी जेलब्रेक गर्नु पर्ने बताएका छन् । बेन गेसकिंगले भने यो फिचर आईओएस १४ को इन्टरनल बिल्डको रहेको र आईओस १३ मा रहेको विषयलाई अस्विकार गरेका छन्।
यस भिडियोमा देखिएको जस्तो मल्टिटास्किंग फिचर एन्ड्रोयड स्मार्टफोनहरुमा यसभन्दा अगाडी देखि नै दिने गरिन्छ । त्यसैले यो फिचर आईओएस १४ को फाइनल बिल्डमा आउँछ वा आउँदैन् भन्ने विषयमा शंका रहेको देखिन्छ।
ब्लुमबर्गको एक रिर्पोटको अनुसार एप्पलले यसपटक आईओएस १४ सँगै क्रोम र जीमेल जस्ता एप्सको डिफल्ट बनाउने तयारीमा रहेको छ । यस पटक कम्पनीले डिजाइनमा केहि परिवर्तन पनि गर्न सक्ने देखिएको छ । एजेन्सी
प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार