माईक्रोसफ्टका सिईओ भने- साइबर अपराधले विश्व कारोबारमा १ ट्रिलियन डलरको नोक्सान

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

माईक्रोसफ्टका सिईओ भने- साइबर अपराधले विश्व कारोबारमा १ ट्रिलियन डलरको नोक्सान
Global IME Bank

काठमाडौं ।

काठमाडौं । माईक्रोसफ्टका सिईओ सत्या नडेलाले भारतिय कम्पनीहरुका सिईओहरुलाई प्राविधिक रुपमा सक्षम बन्न आवस्यक रहेको बताएका छन । उनले यसको समाधान पनि सँयुक्तरुपमा अगाडि आउनु पर्ने जनाएका छन्।

नडेलाले मुम्वईमा माइक्रोसफ्टको फ्युचर डिकोडेड सिईओ कन्क्लेभमा यस्तो धारण राखेका छन । सोमवार भारत आएका नडेला भारतमा तीन दिन रहने छन् ।

नडेलाले साइबर अपराधको कारणले विश्व कारोबारमा १ ट्रिलियन डलरको नोक्सान हुने बताएका छन् । उनले विश्वको आवस्यकतालाई हेर्दै आफुहरुले ओपन इन्फ्रास्ट्रक्चर तयार गर्न चाहेको र २०३० सम्म ५० अर्ब कनेक्डेड डिभाइस हुने पनि बताएका छन । उनले प्रोडक्टिभिटी बढाउन डिजिटलको प्रमुख भूमिका सुनिश्चित गर्नुपर्ने जनाएका छन्।

उनले भारतमा सफ्टवेयर इन्जिनियरको लागी ७२ प्रतिशत जागिर टेक्नोलोजी इन्डस्ट्रिभन्दा बाहिर रहेको बताए।

कन्क्लेभमा रिलायन्स इन्डस्ट्रिजका चेयरमेन मुकेश अम्वानी र टिसीएसका सिईओ एमडि राजेश गोपीनाथन पनि शामेल रहेका थिए। गोपिनाथनले प्रविधिमा परिवर्तनको लागी कम्पनीले पहिलेदेखि नै आफुसँग रहेका ट्यालेन्ट तयार गर्ने कुरामा जोड दिईरहेको बताए।

Sajilo Visa

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार