रियलमी एक्स५० प्रो ५जी स्मार्टफोन भारतमा लन्च, यस्ता छन् फिचरहरु

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

रियलमी एक्स५० प्रो ५जी स्मार्टफोन भारतमा लन्च, यस्ता छन् फिचरहरु

काठमाडौं ।

काठमाडौं । रियलमी एक्स प्रो ५जी भारतमा लन्च गरिएको छ । यो भारतीय स्मार्टफोन मार्केटको पहिलो ५जी र स्नापड्रयागन ८६५ प्रोसेसर रहेको स्मार्टफोन हो । कम्पनीले भारतमा यसको शुरुवाती मुल्य ३७,९९९ भारतीय रुपैयाँ राखेको छ । भारतीय मार्केटमा यस स्मार्टफोन बिक्री सोमबार साँझ ६ बजेबाट सुरु भएको हो । भारतीय ग्राहकहरुले यसलाई फ्लिपकार्टबाट खरिद गर्न सक्दछन्।

रियलमीले यस स्मार्टफोनलाई मोश ग्रीन र रस्ट रेड कलर अप्शनसँगै सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ६जीबी प्लस १२८जीबी, ८जीबी प्लस १२८जीबी र १२जीबी प्लस २५६जीबी गरि तीन भेरियन्टमा लन्च गरेको छ । जसको मुल्य क्रमश ३७,९९९ भारु, ३९,९९९ भारु र ४४,९९ भारु राखिएको छ ।

रियलमी एक्स ५० प्रो स्मार्टफोनमा र्याम १२जीबी सम्म र स्टोरेज २५६ जीबी सम्म सँगै स्नापड्रयागन ८६५ प्रोसेसर रहेको छ । यस स्मार्टफोनमा ४,२०० एमएएच पावरको ब्याट्री रहेको छ । साथै यसमा ६५ वाटको सुपरडर्ट फास्ट चार्जिंगको सर्पोट पनि रहेको छ ।

कम्पनीले यसमा ६.४४ इन्चको फुल एचडिप्लस सुपर एमोएलईडि ९० एचजेड डिस्प्ले दिएको छ । यो स्मार्टफोन एन्ड्रोएड १० मा आधारित रियलमी यूआई मा संचालन हुन्छ ।

फोटोग्राफीको लागी यस स्मार्टफोनको रियरमा १२ मेगापिक्सलको टेलिफोटो क्यामरा , ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल माईक्रो क्यामरा र एक ब्ल्याक एन्ड ह्वाइट पोर्टेट क्यामरा रहेको छ । सेल्फिको लागी यस फोनमा ३२ मेगापिक्सेलको र ८ मेगापिक्सलको ड्युल फ्रन्ट क्यामरा रहेको छ । एजेन्सी

easy care

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार