ब्ल्याक शार्क ३ फाइभजी र ६५ वाट फास्ट चार्जिंगसँगै आउने

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

ब्ल्याक शार्क ३ फाइभजी र ६५ वाट फास्ट चार्जिंगसँगै आउने

काठमाडौं ।

काठमाडौं । गेमिंग स्मार्टफोन लभरहरुका लागी चिनियाँ स्मार्टफोन मेकर कम्पनी ब्ल्याक शार्कले अब आफ्ना नयाँ स्मार्टफोन ब्ल्याक शार्क ३ लन्च गर्दै छ । यस स्मार्टफोनमा ५जी नेटवर्कको सर्पोट पाइने छ ।

जीएसएम एरिनाको एक रिर्पोटमा नयाँ ब्ल्याक शार्क ३ १२० एचजेड रिफ्रेश रेट रहेको क्युएचडि प्लस डिस्प्ले सँगै लन्च हुनेछ । त्यस्तै यसमा चिपसेटको रुपमा क्वालकमको स्नापड्रयागन ८६५ प्रोसेसर रहने छ । यो एक लेटेस्ट र निकै पावरफुल प्रोससर हो ।

यस स्मार्टफोनमा पावरको लागी ५,०००एमएएचको ब्याट्री रहन सक्ने छ । यसबाहेक यस स्मार्टफोनमा ६५ वाटको फास्ट चार्जिंगको सर्पोट पनि रहने छ जसको सहयोगमा फोनलाई केवल ३८ मिनेटमा नै फुल चार्ज गर्न सकिन्छ ।

स्रोतको अनुसार कम्पनीले यस फोनलाई आउँदो मार्च महिनामा लन्च गर्न सक्ने छ । गेमिंग स्मार्टफोनमा कम्पनीले वर्ष २०१९ मा आफ्नो पहिलो स्मार्टफोन ब्ल्याक शार्क ३ भारतमा लन्च गरेको थियो । जसलाई भारतिय ग्राहकहरुले निकै रुचाएका थिए ।

ब्ल्याक शार्क कम्पनीले आफ्नो अपकमिंग स्मार्टफोनलाई भारतमा सार्वजनिक गरेको खण्डमा यसको मुल्य भारु ४६ हजारको आसपासमा हुन सक्ने छ । तर कम्पनीले भने आफ्नो यस अपकमिंग स्मार्टफोनलाई कहिले, कहाँ र कतिमा भन्ने कुराहरुको बारेमा कुनै आधिकारीक जानकारी सार्वजनिक गरेको छैन । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार

ताजा समाचार