वर्षको मध्यसम्म कोरोनाभाइरस नियन्त्रण भए चीनमा ५जी नेटवर्कको बिस्तार नरोकिने

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

वर्षको मध्यसम्म कोरोनाभाइरस नियन्त्रण भए चीनमा ५जी नेटवर्कको बिस्तार नरोकिने
Classic Tech

काठमाडौं । कोरोनाभाइरसका कारणले चीनमा ५जी नेटवर्कको बिस्तारमा ढिलाई नहुने र कुनै असर नपर्ने रिपोर्ट आएको छ ।

हालै डिजिटाइम्सले गरेको रिसर्चअनुसार चीनका प्रमुख शहरहरु कोरोनाभाइसरकोको कारण ठप्प भएपनि ५वी बिस्तारको कार्यलाई भने असर गर्नेछैन् ।

रिपोर्टअनुसार सो कोरोनाभाइरसले सिमितरुपमा मात्र असर गर्ने रसन् २०२० मा टेलिकम कम्पनीहरुले जडान गर्ने ५जी पूर्वाधारलाई असर नपार्ने बताईएको छ ।

अहिलको अवस्थामा चीनका कयौं शहरहरुमा ५जी जडान कार्यलाई असर पार्नेछ किनकी अहिले अधिकांश शहरहरु ठप्प जस्तै छन् । तर यसले दिर्घकालमा भने असर नपार्ने दाबी गरिएको छ।

सन् २००३ को सार्स प्रकोपको बेलाको उदाहरण दिँदै त्यसबेला पनि मोबाइल सेवाग्राहीहरु, मोबाइल आम्दानी र भ्वाइस ट्राफिक उच्च भएको रिर्पोटमा उल्लेख छ ।

५जी नेटवर्कहरुको कार्य दिर्घकालिन विकास र बिस्तार भएको भन्दै यसमा केहि समयको लागि अवरोध देखिएपछि त्यो अल्पकालिन असर मात्र हुने बताईएको छ । यदि भाइरसको प्रकोपलाई जूनभित्र नियन्त्रण गर्न सकेको अवस्थामा चीनका टेलिकम अपरेटरहरुले सन् २०२० को दोस्रो अर्ध वार्षिकसम्ममा ५जी जडान कार्यलाई तिब्र पार्न सक्ने बताईएको छ ।

तर यदि भाइरसको असर यो वर्षको दोस्रो अर्धवार्षिकमा पनि रहेको खण्डमा भने ५जी उद्योगको विकासलाई सन् २०२१ सम्म पछाडि पार्नेछ ।

कोरोनाभाइरसको प्रकोपभन्दा अगाडि ५जी को विकास विश्वभर तिब्रगतिमा भईरहेको थियो । सन् २०१९ को अन्त्यसम्ममा विश्वभर ६१ वटा टेलिकम अपरेटरहरुले ५जी सेवाहरुको व्यवसायीक प्रयोग शुरु गरेका थिए भने बजारमा ५जी युक्त डिभाइसहरु कुल २०८ वटा पुगेका छन् ।

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार

Comments are closed.

Loading...