सेल्फि क्यामरा नभएको स्मार्टफोन एमआई मिक्स अल्फा भारतमा लन्च गर्दै शाओमी

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

सेल्फि क्यामरा नभएको स्मार्टफोन एमआई मिक्स अल्फा भारतमा लन्च गर्दै शाओमी

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन एमआई मिक्स अल्फालाई केहि समय अघि आफ्नै घरेलु मार्केटमा लन्च गरेको थियो । कम्पनीले हाल यस स्मार्टफोनलाई अब भारतमा लन्च गर्ने तयारी गरिरहेको छ।

शाओमी इन्डियाको साइटमा यस फोनको ल्यान्डिंग पेजलाई स्पट गरिएको छ । जसबाट कम्पनीले चाँडै नै भारतीय मार्केटमा आफ्नो नयाँ स्मार्टफोनलाई लन्च गर्न सक्ने अनुमान लगाइएको छ । यद्पी कम्पनीको तर्फबाट भने भारतमा फोन लन्च गर्ने बारेमा कुनै अफिशियल जानकारी प्राप्त भएको छैन ।

यस फोनलाई सबैभन्दा पहिले कन्सेप्ट मोडलको रुपमा सेप्टेम्वर २०१९ मा शोकेश गरिएको थियो । त्यसपछि आफ्नो यूनिक डिजाइनबाट यो फोन निकै चर्चामा रहको थियो । कम्पनीले फोनमा सराउन्ड डिस्प्ले लगाएको छ जुन फोनको दुबैतर्फ बेरिएको छ । यसलाई अल ग्लास फोन पनि भन्ने गरिन्छ । चिनियाँ मार्केटमा यस फोनको मुल्य १९,९९९ यूअआन रहेको छ।

फोनमा ७.९२ इन्चको फ्लेग्जिबल ओएलईडि स्क्रिन रहेको छ । जसमा २०८८×२२५० पिक्सल रेज्योलुशनको सर्पोट रहेको छ । १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको यस फोन एमआईयूआई अल्फा बेस्ड एन्ड्रोएड ओएसमा संचालन हुन्छ। यसमा क्वालकम स्नापड्रयागन ८५५ प्लस प्रोसेसरको प्रयोग गरिएको छ ।

फोटोग्राफीका लागी फोनमा १०८ मेगापिक्सेलको सामसङको एचएमएक्स सेन्सर रहेको प्राइमरी क्यामरा रहेको छ । त्यस्तै फोनको रियरमा २० मेगापिक्सलको वाइड एंगल क्यामरा र १२ मेगापिक्सलको पोर्ट्रेट शट क्यामरा रहेको छ । सबैभन्दा खास कुरा यस स्मार्टफोनमा सेल्फिको लागी फ्रन्टमा कुनैपनि प्रकारको क्यामरा सेन्सरको प्रयोग गरिएको छैन ।

फोनमा ४० वाटको फास्ट चार्जिंग सर्पोट रहेको ४०५० एमएएच पावरको ब्याट्री रहेको छ । कनेक्टिभीटिको लागी फोनमा वाईफाई ८०२.११, जीपीएस, ब्लूटूथ भर्जन ५, यूएसबी टाइप सी पोर्ट, वाईफाई डाइरेक्ट जस्ता फिचरहरु रहेको छ ।

शाओमीको यस एमआई मिक्स अल्फा स्मार्टफोनको तौल २४१ ग्राम रहेको छ । यस फोनमा एक्सिलेरोमिटर, जायरोस्कोप, प्रोक्सिमिटी सेन्सर, एम्बिएन्ट लाइट सेन्सर, टेम्प्रेचर सेन्सर र फिंगरप्रिन्ट सेन्सर जस्ता फिचरहरु रहेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार

ताजा समाचार