प्रयोगकर्ताहरुका लागी ह्वाट्सएपको ग्रुप म्यासेज असुरक्षित, अपरिचित व्यक्तिले पनि पढ्न सक्ने

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

प्रयोगकर्ताहरुका लागी ह्वाट्सएपको ग्रुप म्यासेज असुरक्षित, अपरिचित व्यक्तिले पनि पढ्न सक्ने
Classic Tech

काठमाडौं । विश्वभरमा हाल ह्वाट्सएप प्रयोगकर्ताहरुको संख्या २ अर्व पुगेको छ भने नेपालमा पनि यसका लाखौँ प्रयोगकर्ताहरु रहेका छन् । र यसका प्रयोगकर्ताहरु यसमा रहेका कयौँ ग्रुपहरुमा जोडिएका हुन्छन् ।

यदि तपाई पनि कुनै ग्रुपमा एड हुनुहुन्छ र ग्रुपमा आफ्नो निजी जानकारीहरु पनि शेयर गर्नुुहुन्छ भने सर्तक हुनुहोस् । तपाईको ग्रुप म्यासेजलाई अपरिचित मानिसहरुले पनि सजिलै पढ्न सक्दछन् । यस्तोमा तपाईको नम्बर र ठेगाना गलत मानिसहरुको हातमा पुग्न सक्दछ ।

वेबसाइट मदरबोर्डको एक रिर्पोटमा लाखौँ प्रयोगकर्ताहरुको ग्रुप म्यासेजको लिंकहरु गूगलमा रहेको खुलाइएको छ । मदरबोर्डको टोलीले एक एनजियोको ह्वाट्सएप ग्रुपलाई गूगलमा ट्रेश गरि भेट्टाएको थियो ।

सुरक्षासँग जोडिएको ह्वाट्सएपको यस कमजोरीको जानकारी सबैभन्दा पहिले र्जोडन विल्डन नामका एक पत्रकारले ट्विटरमा शेयर गरेका थिए। उनले गूगलमा ह्वाट्सएपको लागी इन्भाइट टू ग्रुप लिंक फिचरलाई गूगलमा सर्च गर्न सकिने पत्ता लगाएका थिए । एप रिर्वस इन्जिनियर जेन वान्गका अनुसार ‘च्याट डट ह्वाट्सएप डटकम मा सर्च गर्दा गूगलमा ४,७०,००० रिजल्ट देखिएको थियो ।

एडमिनले मानिसहरुलाई ग्रुपमा शामेल गर्नको लागी इन्भाइट टू ग्रुप भिया लिन्कं फिचरको प्रयोग गर्न सकिन्छ तर उनिहरुले यसलाई सोशल मिडिया वा कुनै वेबसाइटमा शेयर गर्ने गर्दछन् । यस्तोमा गूगल जस्ता सर्च इन्जिनले यसलाई सजिलै खोज्न सक्दछन् ।

ह्वाट्सएपका प्रवक्ता एलिसन बनीले कुनैपनि कन्टेन्टको रुपमा इन्भाइट लिंकलाई पब्लिक च्यानलमा शेयर गर्दा यसलाई सजिलै खोज्न सकिने बताएका छन् । त्यस्तै गूगलका प्रवक्ता ड्यानी सुलिवानले ट्विटमा गूगल र अरु सर्च इन्जिनले ओपन वेबमा उपलब्ध रिजल्टलाई देखाउने बताएका छन् । यद्पी यस तथ्य सार्वजनिक भए पश्चात गूगलले इन्डेक्सिङ्ग बन्द गरिदिएपनि अन्य सर्च इन्जिनमा भने यो अझै पनि उपलब्ध रहेको छ ।

एक्सपर्टहरुले यसको कारणलाई एडमिनहरु आफैँले यसलाई अनलाइनमा शेयर गर्नुलाई औंल्याएका छन्। उनिहरुले एडमिनहरुलाई लिंक आफुले चिनेकाहरुलाई मात्रै शेयर गर्न सुझाव पनि दिएका छन् । एजेन्सी

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार

Comments are closed.

Loading...