एप्पी शपिंगका साथ दराजले शपिंग अभियान ल्यायो, उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट दिने

Technology Khabar १२ फाल्गुन २०७६, सोमबार

एप्पी शपिंगका साथ दराजले शपिंग अभियान ल्यायो, उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट दिने
Classic Tech

काठमाडौं । एपमा शपिंग गर्न अझै रमाईलो बनाउने उद्देश्य लिएर, नेपालको बृहत अनलाइन शपिङ साइट, दराजले एप्पि शपिंगको साथ २०२० को पहिलो शपिंग अभियान घोषणा गरेको छ।

फरबरी २५ देखि मार्च ०२ सम्म हुने यस १ हप्ता लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूकोे माध्यमबाट रमाइलो र अन्तरकृयात्मक एप अनुभव र्पुयाउने कुरामा केन्द्रित छ । दराजको अन्तरकृयात्मक गेम जोनले एप प्रयोगकर्ताहरूलाई रोमाञ्चक खेलहरू खेल्न र अद्भुत उपहार जित्ने अवसर प्रदान पनि गर्ने कम्पनीको दाबी छ ।

यसबाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेक जस्ता आकर्षणहरू पनि छन्। प्रयोगकर्ताहरूले दराजको शेकशेक गेम मार्फत थप छुट प्राप्त गर्न पनि सक्दछन्। यसबाहेक, कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू, र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स विशेष समयमा आयोजित हुने बताईएको छ ।

यो एप अभियान मार्फत दराजले मेगा डिलहरू प्रदान गर्नेछ जस अन्तर्गत धेरै उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट हुनेछ । यसबाहेक, प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिन सक्छन् । साथै यस अभियानमा दराजले निःशूल्क वितरण, उपहारहरु, बन्डल अफरहरू, र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्ने जानकारी दिएको छ ।

यी बाहेक, ग्राहकहरूले दराजको बैंकिंग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको मज्जा लिन सक्छन् । दराजको बैंकिंग साझेदारहरू नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंक हुन्। प्रत्येक बैंकले हप्ता भरि विशेष दिनहरूमा छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

दराजका प्रबन्ध निर्देशक, लिनो अलरिंगले भने, ‘हामीले २०२० भरि आयोजना गर्न चाहेको थुप्रै अभियानहरू मध्ये यो पहिलो अभियान हो । यस अभियानको माध्यमबाट हामी हाम्रा ग्राहकहरूको एप अनुभवलाई बढी अन्तरक्रियात्मक र रमाइलो बनाउन चाहन्छौं ।’

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...