सुविसुको १००जी अप्टिकल नेटवर्क शुरु, ग्राहकले इन्टरनेट ब्याण्डविथ १ जीबीपिएससम्म बढाउन सक्ने

Technology Khabar १२ फाल्गुन २०७६, सोमबार

सुविसुको १००जी अप्टिकल नेटवर्क शुरु, ग्राहकले इन्टरनेट ब्याण्डविथ १ जीबीपिएससम्म बढाउन सक्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले नोकियाको सहकार्यमा 100G अप्टिकल नेटवर्कको कार्य बिस्तार गरेको छ । समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो ।

यसबाट उपभोक्ताले आफ्नो इन्टरनेटको ब्याण्डविथलाई १ जीबीपिएससम्म विस्तार गर्न सक्नेछन् । यसको थालनी सँगै उपभोक्ताले उच्च गतिको इन्टरनेट र हाई डेफिनिसन इन्टरनेट प्रोटोकल-आईपीटिभीको सेवा लिन सक्नेछन् ।

नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस बिस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर हुन टेवा पुर्याउने विश्वास लिइएको कम्पनीको भनाई छ ।

देशको ११ वटा स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्वीच, डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ्ग 1830 photonic service switch (PSS), Dense wavelength division Multiplexing (DWDM) तैनाथ गराइसकिएको छ ।

यसबाट ग्राहकको बदलिँदो मागलाई पुर्ति गर्ने सँगैसँगै सुविसुले १००जी सर्भिस प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

नोकियाका इमर्जिंग बिजनेस इण्डियाका प्रमुख भिनिस बावाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताए ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनीसँगै ग्राहकको बदल्रिदो मागलाई सजिलैसँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा बिस्तारमा कुनै समस्या नआउने उल्लेख गरे ।

Sajilo Visa

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार