टेलिकम, टेक्नोलोजी र एभिएसनका कम्पनीहरुको ह्याप्स अलायन्स, डिजिटल डिभाइड कम गर्ने उद्धेश्य

Technology Khabar १२ फाल्गुन २०७६, सोमबार

टेलिकम, टेक्नोलोजी र एभिएसनका कम्पनीहरुको ह्याप्स अलायन्स, डिजिटल डिभाइड कम गर्ने उद्धेश्य

काठमाडौं । विश्वका टेलिकम्यूनिकेसन, एभिएसन, टेक्नोलोजी र एरोस्पेस कम्पनीहरु मिलेर ह्याप्स अलायन्स गठन गरेका छन् । पृथ्वीको स्ट्रास्टोस्फेरमा हाई अल्टिच्यूड भेहिकल्सको प्रयोगलाई प्रबद्र्धन गर्न र डिजिटल डिभाइसलाई निर्मूल गर्न सो अलायन्स गठन गरेका हुन्।

यो अलायन्स मार्फत विश्वभरका मानिस तथा स्थानहरुलाई थप कनेक्टिभिटीमा ल्याउनका लागि सहयोगी हुने बताईएको छ ।

यो अलायन्सलाई ह्याप्स अलायन्स(HAPS Alliance) भनिएको छ जसमा सफ्टबैंकको ह्याप्स मोबाइल इंक, अल्फाबेटको लून एलएलसी, एरोभिरोन्मेन्ट इंक, एयरबस डिफेन्स एण्ड स्पेस, भारती एयरटेल लिमिटेड, चाइना टेलिकम कर्पोरेसन लिमिटेड, डयच टेलिकोम एजी, टेलिफोनाकबोलागेट एलएम एरिक्सन, इन्टेलस्याट यूएस एलएलसी, नोकिया कर्पोरेसन र टेलिफोनिका एसए रहेका छन् ।

ह्याप्स अलायन्समार्फत सदस्य कम्पनीहरुले हाई अल्टिच्यूट प्लेटफर्म स्टेशन(ह्याप्स) High Altitude Platform Station (HAPS) बिजेनस डेभलपमेन्टको लागि संयुक्तरुपमा विभिन्न देशहरुका सम्बनिधत नियमनकारीहरुसम्म आवाज उठाउनेछन् । जसले गर्दा ह्याप्स ईकोसिस्टममा सहकार्य, समान प्रडक्ट स्पेसिफिकेसनको विकास र प्रबद्धन गर्न तथा ह्याप्स नेटवर्कहरुमा एकआपसमा जोडिनसक्नेगरि मापदण्ड कायम गर्नेछन् ।

यी सबैको अन्तिम लक्ष्य भनेको हाई अल्टिच्यूट भेहिकल्सको प्रयोगमार्फट विश्वभर टेलिकम्युनिकेशन्स नेटवर्क कनेक्टिभिटी उपलब्ध गराउनु र फरक समाजहरुलाई एक आपसमा जोड्नु रहेको छ ।

ह्याप्स मोबाइल र लूनले यो अलायन्सको लागि शुरुवाती चरणमा काम गरेका थिए ।

हाई अल्टिच्यूट नेटवर्क कनेक्टिभिटी प्लेटफर्म स्याटेलाइटहरुभन्दा तल र जमिनका पूर्वाधारहरुभन्दा माथि हुन्छ जून स्थानलाई स्ट्राटोस्फेर भनिन्छ । सो स्थानमा भूसतहि कनेक्टिभिटीको समस्या हुँदैन भने लेटेन्सीको विषय पनि रहँदैन् ।

यसको फाइदाले गर्दा ती उपकरणहरुको माधयमबाट मोबाइल कभरेज बढाउन सहज हुन्छ । अझ विशेषगरि हिमाली र पहाडी भेगहरु, दूर्गम आइल्याण्डहरु, मरिन रिजन र विकासोन्मुख देशहरुमा उपयुक्त हुने बताईएको छ । एजेन्सी

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...