सामसङ ग्यालेक्सी जेड फ्लिपको बिक्री भारतमा केहि मिनेटमै सकियो, भारु १ लाखभन्दा माथि मूल्य

Technology Khabar १२ फाल्गुन २०७६, सोमबार

सामसङ ग्यालेक्सी जेड फ्लिपको बिक्री भारतमा केहि मिनेटमै सकियो, भारु १ लाखभन्दा माथि मूल्य

काठमाडौं ।

काठमाडौं । भारतमा १.१० लाख भारु मूल्य रहेको सामसङ्ग ग्यालेक्सी जेड फ्लिप फोल्डेवल स्मार्टफोन शुक्रवारको आफ्नो पहिलो सेलमा केहि मिनेटमा नै बिक्री सकिएको छ । बिहान ११ बजे सुरु भएको सेलको एक घण्टा भित्र नै सामसङ इन्डिया अनलाइन स्टोरले ग्यालेक्सी जेड फ्लिप सोल्ड आउट रहेको म्यासेज राखेको थियो । ग्यालेक्सी जेड फ्लिपको प्रि-बुकिंगलाई छोडेर प्रमुख रिटेल आउटलेट्समा पनि यसको स्टक सकिएको हो ।

ग्यालेक्सी जेड फ्लिपको लागी सामसङले अनलाइन स्टोर र प्रमुख रिटेल आउटलेटमार्फत १,०९,९९९ भारु को फुल पेमेन्टसँगै प्रि-बुकिंग लिईरहेका छन् । सामसङ इन्डियाले एक विज्ञप्तिमा भारतमा प्रि-बुकिंग गर्न सफल भएकाहरुलाई २६ फरवरीदेखि डेलिभरी गरिने जनाइएको छ ।

कम्पनीले सामसङ अनलाइन ग्राहकहरुलाई प्रिमियम ह्वाइट ग्लव डेलिभरीको अफर दिईने पनि बताएको छ । मिरर पर्पल एन्ड मिरर ब्ल्याक जस्ता दुई कलरमा उपलब्ध ग्यालेक्सी जेड फ्लिप लाई २८ फरवरीबाट फेरी प्री-बुकमा राखिने बताईएको छ । यसको डेलिभरी मार्चबाट सुरु हुने छ । सामसङले ग्यालेक्सी जेड फ्लिप कम्पनीले गएको वर्ष लन्च गरेको ग्यालेक्सी फोल्डभन्दा उत्कृष्ट रहेको दाबी गरेको छ ।

यसको साथै कम्पनीले हिन्ज र फ्लेग्जिबल डिस्प्लेको बिचमा धुलो नजाओस भन्ने कुरामा ध्यान दिएको पनि बताएको छ ।

ग्यालेक्सी जेड फ्लिपमा स्न्यापड्रयागन ८५५ प्लस चिपसेट प्रयोग गरिएको छ । यस स्मार्टफोनमा कम्पनीले ८जीबी र्याम र २५६जीबी यूएफएस ३.० स्टोरेज दिएको छ । यस स्मार्टफोनको आउटसाइडमा १२ मेगापिक्सलको क्यामरा सेन्सरसँगै १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल क्यामरा लेन्स रहेको छ । स्मार्टफोनको फ्रन्टमा १० मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

ग्यालेक्सी जेड फ्लिपमा ३,३००एमएएच को ब्याट्री रहेको छ र यो १५ वाटको फास्ट चार्जिगंसँगै रहेको छ । यस स्मार्टफोन एन्ड्रोएड १० बेस्ड वान यूआई २.० मा संचालन हुन्छ ।एजेन्सी

Global Bank
easy care

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार