नेटफ्लिक्सले भारतीय प्रयोगकर्ताहरुलाई भारु पाँचमा नै पहिलो महिनाको सेवा दिने

Technology Khabar १२ फाल्गुन २०७६, सोमबार

नेटफ्लिक्सले भारतीय प्रयोगकर्ताहरुलाई भारु पाँचमा नै पहिलो महिनाको सेवा दिने
Classic Tech

काठमाडौं । अनलाइन भिडियो स्ट्रिमिङ्ग कम्पनी नेटफ्लिक्सले भारतीय प्रयोगकर्ताहरुलाई भारु ५ मानै पहिलो महिनाको सब्सक्रिप्शन सेवा दिने भएको छ । यद्पी नेटफ्लिक्सले यो अफर सबै भारतीय प्रयोगकर्ताहरुको हकमा भने लागु नहुने बताएको छ ।

नेटफ्लिक्सले भारतका प्रयोगकर्ताहरुको लागी नयाँ अफर ल्याउने देखिएको छ । यस अफरको हाल टेस्टिंग चलिरहेको छ। यो अफर पहिलो पटक नेटफ्लिक्स सब्सक्राइव गर्ने भारतीय प्रयोगकर्ताहरु मध्येका केहि लक्कि प्रयोगकर्ताहरुले पाउने बताईएको छ। हाल नेटफ्लिक्सले लगातार प्रयोगकर्ताहरुलाई नयाँ फिचरहरु दिन र सब्सक्राइब बढाउनको लागी परीक्षण गरिरहेको छ ।

नेटफ्लिक्सका एक प्रवक्ताले नेटफ्लिक्सलाई प्रमोट गर्नको लागी कम्पनीले भारतमा यस्तो अफर घोषणा गरेको बताए । उनले हाल यसको टेस्टिंग चलिरहेको र यो सफल भएमा सबै नयाँ प्रयोगकर्ताहरुका लागी यो अफर प्रदान गरिने पनि जानकारी दिएका छन् ।

प्रयोगकर्ताहरुले भारतमा नेटफ्लिक्सको १९९ भारुको मोबाइल प्लान, ४९९ भारुको प्लान, ६४९ भारुको स्ट्यान्डर्ड प्लान र ७९९ भारुको प्लान मध्ये एक छनाैट गर्न सक्नेछन् । यी मध्येको कुनैपनि प्लानको लागी मात्रै भारु ५ तिरे पुग्नेछ। साथै सब्सक्राइब गरिएको प्लान अनुसारको सबै अफरहरु प्रयोगकर्ताले पाउने छन् ।

स्मरण रहोस भारतमा यसअघिको अफरअनुसार नेटफ्लिसको सब्सक्रिप्शन लिने ग्राहकहरुले एक महिनाको लागी कुनै रकम तिर्नुपर्दैनथ्यो । एजेन्सी

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...