Technology Khabar ११ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरसले कसैलाई पनि छोडेको छैन् । जसले गर्दा टेक कम्पनीहरु पनि प्रभावित भएका छन् ।
अहिले भने कोरोनाभाइरसकै कारण अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो बजेट आइफोनको लन्च डेट सार्नसक्ने अनुमान गरिएको छ ।
कम्पनीले आउँदो मार्चमहिनामा आफ्नो बजेट आइफोनको रुपमा आइफोन ९ वा आइफोन एसई २ लन्च गर्ने तयारी गरिरहेको रिपोर्ट आएको थियो तर अब भने कम्पनीले सो मितिलाई पछाडि सार्ने अनुमान सहितको रिपोर्ट आएको छ ।
यस्तो हुनुमा कोरोनाभाइरस फैलिएपछि फक्सकन र अन्य कम्पनीहरुको उत्पादन क्षमता पूर्णरुपमा संचालन नहुनु हो । अझैपनि एप्पलका आपूर्ति कम्पनीहरुको उत्पादन क्षमताको आधा मात्र भईरहेको बताइृएको छ भने अहिलेको अवस्थामा नयाँ बजेट आइफोन लन्चपछि बजार माग धान्न नसक्ने अवस्था हुनेछ।
रिपोर्टअनुसार मार्चको अन्तिममा आयोजना गरिने सस्तो मूल्यको आइफोन ९ को मिति केहि समयलाई पछाडि सार्ने योजना एप्पलले गरेको छ ।
यसअघि नै आइफोन ९ मार्च ३१ मा लन्च हुने र अप्रिल ३ मा बजारमा बिक्री शुरु हुने अपेक्षा गरिएको थियो । तर उत्पादन क्षमताको सिमितताले गर्दा कम्पनीले सो लन्च मितिलाई सार्नसक्नेछ ।
यसअघि फक्सकनले फरवरीको अन्त्यसम्ममा आफ्नो उत्पादन क्षमतालाई ५० प्रतिशत पुर्याउने र मार्चमा चीनको प्लान्टमा ८० प्रतिशत उत्पादन गर्ने योजना लिएको थियो ।
सस्तो आइफोनको रुपमा आउन लागेको नयाँ मोडलमा ४.७ इन्चको एलसिडी डिस्प्ले हुनेछ भने यसमा ए१३ बायोनिक चीपसेट, ३जीबी र्याम हुनेछ । यो फोन आइफोन ८ को डिजाइनमा हुनेछ भने आइफोन ८ को अपग्रेड भर्सनको रुपमा आउनेछ।
प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार