टावर कम्पनीहरु भारती इन्फ्राटेल र इन्डस टावर्सलाई भारतमा मर्जरको अनुमती

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

टावर कम्पनीहरु भारती इन्फ्राटेल र इन्डस टावर्सलाई भारतमा मर्जरको अनुमती
Global IME Bank

काठमाडौं ।

काठमाडौं । भारतको टेलिकम डिपार्टमेन्टले इन्डस टार्वस र भारती इन्फ्राटेललाई मर्जरको लागी मन्जुरी प्रदान गरेको छ । यस मर्जरबाट भारती एयरटेल र भोडाफोन आईडियाको लागी कम्पनीमा शेयर बेचेर पैसा जुटाउने विकल्प खुल्नेछ । इन्डस टावर्समा हाल भारती इन्फ्राटेल र भोडाफोन समुहको ४२–४२ प्रतिशत शेयर रहेको छ । यसमा भोडाफोन आईडियाको पनि ११.१५ प्रतिशत शेयर रहेको छ । त्यस्तै बाँकी रहेको ४.८५ प्रतिशत भने प्राइभेट इक्विटी फर्म प्रोभिडेन्ससँग रहेको छ ।

यस मर्जरपछि बन्ने सयुक्त कम्पनीसँग भारतभर १,६३,००० भन्दा अधिक टेलिकम टावरहरु हुनेछन । यो अपरेशन सबै २२ टेलिकम क्षेत्रहरुमा रहेको छ । मर्जरबाट बन्ने सँयुक्त कम्पनी चीन पछिको सबैभन्दा ठुलो टावर कम्पनी हुने छ । सँयुक्त कम्पनीसँग भारती इन्फ्राटेल र इन्डस टावर्सको कारोबारको पुर्ण स्वामित्व हुने छ । मर्जर पछि कम्पनीको नाम बदलिएर इन्डस टावर्स हुने छ र सँयुक्त कम्पनीले भारतीय बजारमा लिस्टिंग जारी राख्ने छ ।

भोडाफोन आईडियाले यस डिलबाट करिव ४,५०० करोड भारु जुटाउन सक्ने अनुमान गरिएको छ । यस रकमको प्रयोग गरेर कम्पनीले भारतीय सञ्चार विभागलाई बाकी रहेको बक्यौता तिर्न सक्ने छ ।

कम्पनीले हालसम्म भारत सरकारलाई ३,५०० करोड भारतीय रुपैयाँ भुक्तान गरिसकेको छ । कम्पनी माथि करिव ५२,००० करोड भारु भुक्तान गर्नुपर्ने भार रहेको थियो । त्यस्तै भारतको अर्को टेलिकम कम्पनी भारती एयरटेलमाथी भने ३५,००० करोड भारतीय रुपैयाँ बक्यौता भुक्तान बाँकी रहेकोमा कम्पनीले हालै १०,००० भारु सरकारलाई बुझाई सकेको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

तपाइको प्रतिक्रिया