फिनटेक स्टार्टअपहरुले सन् २०१९ मा ३४ अर्ब अमेरिकी डलर फण्ड उठाए

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

फिनटेक स्टार्टअपहरुले सन् २०१९ मा ३४ अर्ब अमेरिकी डलर फण्ड उठाए
Classic Tech

काठमाडौं । फाइनान्सियल सर्भिसेस स्टार्टअपहरुले सन् २०१९ मा ३४ अर्ब अमेरिकी डलर फण्ड उठाएका छन् । तर यो रकम अघिल्लोवर्ष सन् २०१८ को तुलनामा कम हो ।

हालै आएको नयाँ रिपोर्ट अनुसार फिनटेक स्टार्टअपहरुले विश्वभर ३३.९ अर्ब अमेरिकी डलर फण्ड उठाएका थिए भने सो वर्ष समग्रमा १,९१२ वटा डिल भएका थिए । जबकी सन् २०१८ मा फिनटेक स्टार्टअपहरुले ४०.८ अर्ब डलर उठाउन सफल भएका थिए भने कुल २,०४९ वटा डिल भएको थियो ।

अनुसन्धान फर्म सिबी इन्साइट्सको नयाँ रिपोर्टअनुसार सन् २०१९ मा विगत ५ वर्षकै सबैभन्दा कम फण्ड पहिलो चरण अर्थात सिरिज ए मा उठेको थियो । तर स्टार्टअपभन्दा माथि पुगेका र सिरिज बी मा हुने लगानीहरु भने बिगत ५ वर्षकै सबैभन्दा उच्च रहेको छ ।

त्यसैगरि यी सबै फिनटेक स्टार्टअपहरुको केन्द्रमा बढ्दोक्रममा रहेका बजारहरु रहेका छन जसमा दक्षिण अ‍ेमरिका, अफ्रिका, अष्ट्रेलिया, दक्षिण पूर्वी एशियाका देशहरु रहेका छन् ।

रकम उठाउने सन्दर्भमा हेर्दा भने गत वर्षको तेस्रो चौमासिकमा एशियाली स्टार्टअपहरुले यूरोपेली स्टार्टअपलाई पछाडि पारेका छन् । सो अवधिमा यूरोपेली स्टार्टअपहरुले १.६ अर्ब डलर कुल ९५ वटा डिलबाट उठाएका थिए भने एशियाली स्टार्टअपहरुले सोहि अवधिमा कुल १५७ वटा डिलबाट १.८ अर्ब डलर उठाएका थिए । चौथो चौमासिकमा पनि यूरोपलाई पछाडि पार्दै एशियाली स्टार्टअपहरुले दोब्बरभन्दा बढि रकम उठाउन सफल भएका थिए ।

रकम उठाउने मामलामा विश्वभर २४ वटा नयाँ फिनटेक स्टार्टअप रहेका छन जसले अधिक रकम उठाउन सफल भए जसमध्ये ८ वटा फिनटेक स्टार्टअपहरु नेक्स्ट इन्स्योरेन्स, ब्राइट हेल्थ, फ्लाईवायर, हाई रेडिअस, रिपल र फिगर थिए भने बाँकी १६ वटा गत वर्षका थिए ।
त्यसैगरी बीमा क्षेत्रका इन्स्योरटेक स्टार्टअपहरुमध्ये लेमोनाडे, हिप्पो, नेक्स्ट, वीफक्स, ब्राइट हेल्थ प्रमुख थिए ।

स्टार्टअपहरुमध्ये अधिकांशले साना र मध्यम व्यवसायहरुका लागि सलुसन बनाउनेहरुले पनि भेन्चर क्यापिटललाई आकर्षित गर्न सफल भएका थिए । अमेरिकामा मात्रै १४० भन्दा बढि यस्ता स्टार्टअपहरुले ४ अर्ब डलर उठाएका थिए । एजेन्सी

TK Viber

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

Loading...