Technology Khabar ११ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले धार्मिक तथा पर्यटकीय क्षेत्रमा निशुल्क वाईफाई उपलब्ध गराउने गरी शुरु गरेको टेन्डर प्रक्रिया खारेज गरको छ ।
असोज १० मा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुबाट ती क्षेत्रमा इन्टरनेट तथा फ्री वाईफाई सेवा उपलब्ध गराउनका लागि आवेदन माग गरेको थियो तर आवेदन दिने कम्पनीहरु ‘नन रेस्पोन्सिभ’ अर्थात गैर-उत्तरदायी भएको भन्दै प्राधिकरणले सबै आवेदनहरु रद्ध गरेको हो।
नेपालको पूर्वी भेगमा रहेका धार्मिक तथा पर्यटकीय स्थानहरुमा २०७७ भित्र इन्टरनेट सहितको निःशूल्क वाईफाई सेवा उपलब्ध गराउने गरि शुरु गरेको टेण्डर परियोजना रद्ध गरेको हो । सो परियोजनाअन्तरगत १६ स्थानका धार्मिक तथा पर्यटकीय क्षेत्रमा तिब्रगतिको इन्टरनेट र फ्री वाईफाई सेवा उपलब्ध गराउने योजना थियो ।
तीन प्याकेजमा विभाजन गरी शुरु गरिएको यो परियोजनामा प्याकेज ‘ए’ अन्तर्गत अन्नपूर्ण सर्किट र मुक्तिनाथ मन्दिर बाहेकका प्याकेज ‘बी’ अन्तरगतको एभरेष्ट बेसक्याम्प र प्याकेज सीको जानकी, पाथिभरा, हलेसी महादेव, बराहक्षेत्र, गुरुद्धारा, जामे मस्जिद, पन्चकस्मिरी तकिया लगायतका क्षेत्रमा राखिने भनिएको इन्टरनेट तथा फ्री वाईफाई परियोजनाको टेन्डर प्रक्रिया रद्द भएको प्राधिकरणले जनाएको छ ।
न्यूनतम १० एमबीपीएस गतिको डेडिकेटेड तथा ५० एमबीपीएस गतिको लोकल ब्याण्डविथ सहितको इन्टरनेट उपलब्ध गराउने सरकारी योजना छ । सो टेन्डर योजनाअनुसार छनौट हुने सेवा प्रदायकले सम्झौता भएको ६ महिनाभित्र त्यस्ता ठाउँहरुमा फ्रि वाईफाई उपलब्ध गराउनुपर्ने थियो।
प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार