डिजिटल बजार र अनलाइन बुकिङ बारे होटल व्यवसायीलाई जानकारी गराउँदै एक्सेलट्रिप

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

डिजिटल बजार र अनलाइन बुकिङ बारे होटल व्यवसायीलाई जानकारी गराउँदै एक्सेलट्रिप
Classic Tech

काठमाडौं । कोरोना भाइरस महामारीका कारण विश्व पर्यटन बजारमा पर्यटकको संख्यामा आएको गिरावटवाट नेपाल समेत प्रभावित बनेको छ। नेपालको पर्यटन बजारलाई सवल बनाउन, ‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय अभियानको बजारीकरणलाई प्रवर्धन गर्न तथा डिजिटल बजार र अनलाइन बुकिङको महत्वबारे होटल व्यवसायीलाई जानकार अनि जागरूक बनाउन एक्सलट्रिपले दुईधारे पहलकदमी थालेको छ।

अनलाइन बुकिङको महत्वबारे होटल व्यवसायीलाई घरदैलो अभिमुखीकरण सँगसँगै एक्सलट्रिपले नेपालका आफ्ना सूचीकृत होटलका निम्ति घरेलु तथा अन्तराष्ट्रिय पर्यटकको बढौतीका लागि सोसियल मिडिया अभियानको रणनीति लिएको छ। यस्तो संकटको घडीमा एक्सलट्रिपले आफ्नो नवीनतम प्रविधियुक्त बुकिङ् इन्जिनको उपयोगद्वारा विश्व पर्यटकीय वजारमा अवसर सिर्जना गर्न सकिने संभावना वारे व्यवसायी वीच घनिभूत छलफल तथा अन्तरक्रिया गरेको छ।

यसै श्रृङ्खलाको एक कडीका रूपमा नेपालको पहिलो अनलाइन ट्राभल एग्रेगेटर (ओटिए) एक्सलट्रिप नेपालले चितवनको पर्यटकीय केन्द्र सौरहास्थित जङ्गल सफारी लजमा गत फागुन ६ गतेका दिन अनलाइन ट्राभल प्लाटफर्ममा रहनुको महत्व उपर प्रकाश पार्ने उद्देश्यले एक अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा एक्सलट्रिप नेपालका राष्ट्रिय निर्देशक तथा सह-संस्थापक आदित्य बरालले नेपालको वर्तमान पर्यटकीय प्रवाह वारे बोल्दै यसको एक्सलट्रिप जस्ता अनलाइन प्लाटफर्मसंगको परस्पर सम्बन्ध माथि प्रकाश पारे। ‘प्रविधिले हाम्रो उद्यमलाई डिजिटल बाटोमा जानमात्र प्रेरित गरेको छैन,’ बरालले भने, ‘एउटा चुस्त एवं सुदृढ प्रविधिले नेपालको भ्रमण उद्यमलाई सवलीकरण गर्दै आएको छ।

सरकारले समेत आफ्ना लक्षित समूहसम्म पहुँच बढाउन यस्तो प्रविधि अवलम्बन गर्नु उचित हुनेमा उनले जोड दिए। ‘अन्य बुकिङ् इन्जिन विपरित हामी व्यवसायीको घरदैलोसम्म पुग्दै सूचीकृत गर्छौं, जसबाट हाम्रा स्थानीय व्यवसायी आफ्ना अन्तराष्ट्रिय प्रतिस्पर्धीसंग कारोवार गर्न सक्ने सामर्थ्यको विकास गर्न सक्छन्,’ बरालले थपे।

अन्तर्क्रियामा भाग लिदै एक्सलट्रिपका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक ज्ञानेन्द्र खड्काले प्रत्येक होटलको आवश्यकता संवोधन निम्ति एक्सलट्रिप विशेष रूपले निर्माण गरिएको धारणा राखे। ‘ब्लकचेन प्रविधिमा आधारित हाम्रो विशिष्टिकृत इन्जिन बुकिङ् डट कम, अगोडा जस्ता अन्तराष्ट्रिय बुकिङ् इन्जिन समेतलाई बजार सबलीकरणका दृष्टिले उछिन्ने सामर्थ्य राख्दछ,’ खड्काले जोड दिए, ‘अव उप्रान्त नेपालमा रहेका कुनै पनि व्यवसायी नेपाली भाषामा बोल्दै अन्तराष्ट्रिय बजारबाट आफ्ना निम्ति कारोवार गर्न सक्ने सुविधामा रहनेछन्।’

खड्काका अनुसार यस ओटिए नेपालमा रहेकाले अन्तराष्ट्रिय पर्यटक घटेको समयमा समेत यसले घरेलु पर्यटकको आवश्यकता सम्बोधन गर्दै होटल तथा रिसोर्टलाई लाभ दिलाउनेछ। चितवन तथा अन्य पर्यटकीय केन्द्रको मौजूदा उत्पादन र सेवाको विविधिकरण निम्ति डिजिटल मार्केटिङ्को महत्वबारे पनि खड्काले प्रकाश पारे।

एक्सलट्रिपको सबैभन्दा आकर्षक पक्ष चाहिँ, यसले भिजिट नेपाल २०२० भर होटल तथा रिसोर्टलाई शून्य प्रतिशत र सन् २०२१ देखि १० प्रतिशत कमिसन प्रदान गर्दछ। एक्सलट्रिपको विशिष्टिकृत सेवा प्रणालीका कारण मुलुकभित्र रकम वक्यौताको झन्झटवाट व्यवासायी मुक्त रहनेछन्। यस अतिरिक्त, मुलुकमा विदेसी मुद्रा भित्र्याउदै एक्सलट्रिपले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान समेत राख्नेछ।

यस श्रृङ्खलाको अर्को कार्यक्रम एक्सलट्रिपले आगामी मार्च महिनामा प्रदेश ५ मा गर्ने जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

Comments are closed.

Loading...