गूगलको जीएमएसलाई आफ्नो एचएमएसमार्फत पछाडि पार्ने ह्वावेको चाहना

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

गूगलको जीएमएसलाई आफ्नो एचएमएसमार्फत पछाडि पार्ने ह्वावेको चाहना
Classic Tech

काठमाडौं । गएको वर्ष अमेरिकाले ह्वावेलाई अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न रोक लगाएसँगै कम्पनीले गूगलको जीएसएस प्रयोग गर्न समेत रोकिएको छ ।

गूगलका सेवाहरुको प्रयोगमा रोकसँगै ह्वावेको विदेशी बजार समेत खस्किएको छ, अझ विशेषगरि युरोपेली बजारमा ।

ह्वावेले केहि समयअघि मात्रै आफ्नै ईकोसिस्टम बनाउने घोषणा गरेर ह्वावे मोबाइल सर्भिस(एचएमएस) लन्च गरेको थियो । यो यूरोपेली बजारमा गूगल मोबाइल सर्भिस(जीएमएस) एन्ड्रोयड स्मार्टफोनहरुभन्दा बाहिरको सर्भिस हुनेछ, जून यहि २४ फरवरीमा उपलब्ध हुनेछ ।

कम्पनीले एचएमएसलाई विश्वभर फैलाउने र प्रयोगमा ल्याउने उद्धेश्यले कठिनरुपमा काम गरिरहेको बताएको छ जसले भविश्यमा गूगलको जीएमएसलाई जित्ने अपेक्षा गरेको छ । यसको अर्थ कम्पनीले यसलाई सबैभन्दा धेरै प्रयोगकर्ताहरु भएको सर्भिस बनाउने छ भने सबैभन्दा धेरै एप्लिकेसनहरु र सर्भिसहरु भएको सिस्टम समेत हुनेछ, यसका साथै योसँग सबैभन्दा धेरै डेभलपरहरु समेत हुनेछ ।

अहिलेको अवस्थामा भने गूगलको सर्भिसहरु र ह्वावेका सर्भिसहरुमा आकाश जमिनको फरक रहेको छ । जहाँ ह्वावेको एप ग्यालरीमा ४० करोड भन्दा बढि सक्रिय यूजरहरु छन भने करिब ५५ हजार एप्स रहेको छ । तर गूगलमा अर्बौं प्रयोगकर्ताहरु र लाखौं एप्स रहेको छ ।

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

Comments are closed.

Loading...