अनलाइनमा उपभोक्ता ठग्ने ह्याकरहरुको अनेक जुक्ति, बच्ने सजिला उपायहरु यस्ता

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

अनलाइनमा उपभोक्ता ठग्ने ह्याकरहरुको अनेक जुक्ति, बच्ने सजिला उपायहरु यस्ता

काठमाडौं ।

काठमाडौं । आजकलको यस डिजिटल समयमा सबै सामानहरु किनमेल गर्न अनलाइन माध्यमको प्रयोग बढ्दै गईरहको छ । यस्तो माध्यममा काम जति छिटो हुन्छ त्यतिनै छिटो सानो गल्तिको कारणले खतरा पनि बढाउँदछ ।

हाल सबैको हातमा स्मार्टफोन हुने गरेकाले पनि विश्व डिजिटलाइज हुने क्रम तेजले बढेको हो । स्मार्टफोनकै माध्यमबाट हामी जति रुपैयाँ जहाँ पनि ट्रान्सफर गर्न सक्दछौं वा जुनसुकै बेला अनलाइन शपिंङ गर्न सक्दछौं ।

डिजिटल प्रविधिको बढदो प्रयोगसँगै यसमा हुने ठगीका घटनाहरुमा पनि उल्लेख्य वृद्धि भईरहेको पाइन्छ । त्यसैकारण उपभोक्ताले अनलाइन पेमेन्ट गर्ने बेला निकै सावधान हुनु पर्दछ । यस्तै ठगी हुनबाट बच्ने केहि उपायहरु तथा सावधानीहरुका बारेमा तल उल्लेख गरिएको छ ।

अनलाइन ठगी हुनबाट बच्न पहिले कुरा कसैलाई पनि आफ्नो बैंक कार्डको पिनकोड, पासवर्ड शेयर गर्ने काम गर्नुहुँदैन, त्यस्तै उपभोक्तालाई ठग्ने नियतले नै ह्याकरहरुले पठाएका फेक म्यासेजबाट सधै चनाखो र सर्तक रहनु पर्दछ ।

१ जहिले पनि कुनै अनलाइन ट्रान्जेक्सन गर्दा इन्टरनेट कनेक्शन पासवर्डबाट प्रोटेक्टेड रहे नरहेको चेक गर्ने गरौं । कहिलै पनि साइबर क्याफे वा फ्री वाईफाईको माध्यमबाट अनलाइन पेमेन्ट नगरौँ ।

२ उपभोक्तालाई फसाउन कयौँ पटक ह्याकरहरुले कयौँ प्रकारका ईमेल पठाउने गर्दछन् । यस्ता ईमेल हेर्दा कुनै बैंक वा कुनै शपिंङ वेबसाइटको लाग्ने गर्दछ । जसको माध्यमबाट जहिलेपनि उपभोक्ताको पर्सनल इन्फरमेशन मागिने गरिन्छ । यस्ता लिंकलाई क्लिक गर्दा एक नक्कली वेबसाइट ओपन हुन्छ जसमा उपभोक्तालाई आफ्नो यूजर आईडि र पासर्वड लगइन गर्नुपर्ने हुन्छ । जसको माध्यमबाट उपभोक्ताको मोबाइल नम्वर, लगइन आईडि, डेबिट, क्रेडिट कार्डसँग सम्वन्धित जानकारीहरु तत्कालै ह्याक हुन सक्दछ ।

३ ठगि गर्नेहरुले कयौँ पटक ह्वाट्सएपमा क्युआर कोड शेयर गर्ने गर्दछन् । साथै यसलाई स्क्यान गर्दा उपभोक्ताको अकाउन्टमा पैसा आउने जस्ता म्यासेजहरुपनि आउने गर्दछ । क्युआरको यो फिचर यूपी एप्समा हुने गर्दछ । यस्ता कुनैपनि प्रकारको क्युआर कोडमा कार्डको नम्वर, पिन र ओटीपी शेयर नगरौँ ।

४ यसबाहेक केहि ह्याकरहरुले उपभोक्तालाई ठगि गर्नको लागी उनिहरुको सिमलाई प्रयोग गर्न सक्दछन । जहाँ उपभोक्तालाई ओटीपी पाइने गर्दछ । ह्याकरहरु मोबाइल कम्पनीको कस्टमर केयर बनेर उपभोक्ताको सिम एक्टिभेट गर्नको लागी उपभोक्ताको सिम नम्वर माग्ने गर्दछन । स्मरणमा रहोस, यस्ता कुनैपनि प्रकारको म्यासेज को जवाफ वा कुनैपनि लिकंमा क्लिक गर्ने नगरौँ ।

५ ठगी गर्ने ह्याकरहरुले उपभोक्तालाई कुनै स्क्रिन शेयरिंङ एपको प्रयोग गर्नका लागी आग्रह गर्ने गर्दछन । यस्तो एप एक प्रकारको मालवेयर हुने गर्दछ जसले उपभोक्ताको मोबाइल डाटालाई थर्ड पार्टिसम्म पुर्याउने गर्दछन । याद रहोस् स्क्रिन शेयर, एनिडेस्क, टिमभ्युअर जस्ता कुनैपनि प्रकारको स्क्रिन शेयर एप्सलाई इन्स्टल नगरौँ ।

साथै ठगी गर्ने उदेश्य बोकेकाहरुले उपभोक्तालाई सोशल मिडियामा फेक बैंक अधिकारी बनेर उपभोक्तालाई उनिहरुको समस्या समाधान गर्ने बहानामा अकाउन्टको डिटेल माग्न सक्दछन । यस्तोमा उमभोक्ताले बैंकको साइटबाट नै बैकको नम्वर लिएर बैंकमा सत्य जान्नको लागी सम्पर्क गर्नुपर्दछ ।

easy care

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार