गलत किसिमले विज्ञापन देखाउने सयौं एप्सलाई गूगल प्ले स्टोरमा प्रतिबन्ध

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

गलत किसिमले विज्ञापन देखाउने सयौं एप्सलाई गूगल प्ले स्टोरमा प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं । गूगलले हालै आफ्नो प्ले स्टोरबाट ६०० वटा समस्याग्रस्त एन्ड्रोयड एप्स हटाएको छ भने त्यसका डेभलपरहरुलाई समेत प्रतिबन्ध लगाएको छ ।

गूगलले मोबाइल एड फ्रडलाई रोक्ने पछिल्लो प्रयासअन्तरगत त्यस्ता करिब ६०० वटा एप्सलाई हटाएको जानकारी दिएको छ ।

गूगलको पोलिसीले पनि जतिबेला एप प्रयोगमा आएको हुँदैन त्यसबेला विज्ञापनहरु देखाउन अनुमति दिँदैन भने यूजर्सलाई गल्तिले विज्ञापनहरुमा क्लिक गराउने ट्रिकलाई पनि रोक्दछ ।

कम्पनीले विज्ञापनहरु यूजर्सकोमा अनपेक्षित किसिमबाट देखाईएको, डिभासको फंगसनहरुलाई प्रभावित पारिएको वा बिगारिएको सहितलाई डिस्सरप्टिभ एडसको रुपमा ब्याख्या गरेको छ । यस्तो विज्ञापनहरु फोनकलको समयमा वा नेभिगेसन एप्स प्रयोग गरिरहेको बेलामा फूल स्क्रीनमा देखिने गरेको गूगलका एड ट्राफिक क्वालिटीका लागि सिनियर प्रडक्ट म्यानेजर पर बोर्कीले ब्लग पोस्टमा लेखेका छन् ।

उनकाअनुसार कम्पनीले मसिन लर्निंङ्ग बेस्ड एप्रोच विकास गरेको छ जसले यस्तो प्रकारको विज्ञापनहरु भएको एप्सलाई पहिचान गर्नेछ र अहिलेको प्रतिबन्धमा पनि यसको प्रयोग गरिएको थियो ।

गूगलको पोलिसी उलंघन गर्ने अधिकांश एप डेभलपरहरु चीन, भारत, सिंगापुरमा आधारित रहेका थिए र उनीहरुले अंग्रेजी भाषी प्रयोगकर्ताहरुलाई लक्षित गर्ने गर्दथे ।

गूगलले यी डिसरप्टिभ पपअप विज्ञापनहरुका कारण प्रभावित भएका विज्ञापन ब्राण्डहरुलाई रकम फिर्ता गर्ने बताएकोछ ।

यसअघि पनि गूगलले यस्ता एप्स र डेभलपरहरुका विरुद्धमा एक्सन लिएको छ तर अहिलेको कारबाही भने सबैभन्दा ठूलो हो ।

Sajilo Visa

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार