ह्वावेले भन्यो- कोरोनाभाइरसले गर्दा ५जी उपकरण आपूर्तिमा कुनै असर पर्दैन्

Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार

ह्वावेले भन्यो- कोरोनाभाइरसले गर्दा ५जी उपकरण आपूर्तिमा कुनै असर पर्दैन्
फाइल फोटो
Classic Tech

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले ५जी टेलिकम उपकरणहरुको आपूर्तिमा कोरोनाभाइरसको कुनै असर नदेखिने बताएको छ ।
कम्पनीले बिहिबार आफ्नो फ्याक्ट्रिहरुबाट हुने उत्पादनहरु पुन शुचारु गरेसँगै सो जानकारी दिएको हो ।

ह्वावेका ५जी प्रडक्ट लाइटका प्रेसिडेन्ट याङ्ग चाओबिनले ह्वावेको आफ्नै फ्याक्ट्रिहरुमा ५जी उपकरण हालै उत्पादन गरिएको बताए ।

‘भाइरसको असर केहि समयसम्म रह्यो र साँच्चिकै भन्दा ह्वावेको आफ्ना फ्याक्ट्रिहरुले उत्पादनको कार्य पुन शुरु गरिसकेका छन्,’ उनले भने । उनले प्रमुख आपूर्तिकर्ताहरुले पनि साथसाथै उत्पादनहरु पुन संचालन गरेको र आफ्ना ग्राहकहरुमा आपूर्तिको लागि कुनै प्रभाव नहुने बताए ।

यसअघि उत्पादन हबको रुपमा रहेको चीनमा कोरोनाभाइरसले गर्दा अधिकांश उत्पादनस्थल आर्थिक गतिबिधिमा असर परिरहेको छ । सरकारले नै हुवेईलगायतका स्थानहरुमा कोरोनाभाइरस नफैलियोस भनेर कडा निगरानी गरिरहेको छ ।

प्रविधिजन्य कम्पनीहरुको केन्द्र रहेको सो प्रान्तमा भाइरसको असरले गर्दा विश्व बजारमा टेक इन्डष्ट्रिमा नै असर परेको रिपोर्टहरु बाहिर आईरहेका छन् ।

प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...