Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । एचएमडी ग्लोबलले आफ्नो ६ प्रकारका नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२० द्धारा सम्मानित भएको घोषणा गरेको छ ।
सम्मानित भएका उत्कृष्ट डिजाइनका ६ प्रकारका नोकिया फोनहरु मध्ये २ स्मार्टफोन र ४ फिचर फोनहरु छन् । आईएफ डिजाइन पुरस्कार विश्वको सब भन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आईएफ अन्तर्राष्ट्रिय फोरम डिजाइन GmbH ले आयोजना गरेको थियो । स्वतन्त्र डिजाइन विशेषज्ञहरु सम्मिलित प्यानलले ५६ देशहरुको ७००० भन्दा बढी प्रतिस्पर्धीहरुको समीक्षा गरेको थियो ।
आईएफ डिजाइन अवार्ड iF DESIGN™ Awards 2020 बाट सम्मानित फोनहरुमा स्मार्टफोनतर्फ नोकिया ७.२ र नोकिया १ प्लस हुन भने फिचर फोन तर्फ नोकिया १०५, नोकिया ११०, नोकिया ८०० टफ र नोकिया २७२० फ्लिप रहेको कम्पनीले जनाएको छ।
उपभोक्ताहरुको अनुभवमा फरक किसिमको आकर्षक डिजाइन प्रत्येक नोकिया फोनको विशेषता भएकाे दाबी छ । त्यस्तै गरी प्रिमियम डिजाइनको समान सिद्धान्तहरु नोकिया फोनको हरेक पोर्टफोलियोमा लागु हुन्छन् जस्तैः नोकिया ७.२, नोकिया ४.२, र नोकिया ८०० आदि ।
प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार