स्क्रिन तन्काउन र थिच्न मिल्ने स्मार्टफोन ल्याउँदै टिसीएल, तन्काउँदा ट्याबलेटको साइजमा

Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार

स्क्रिन तन्काउन र थिच्न मिल्ने स्मार्टफोन ल्याउँदै टिसीएल, तन्काउँदा ट्याबलेटको साइजमा
Classic Tech

काठमाडौं । ग्यालेक्सी फोल्ड, हुवावे मेट एक्स, मोटो रेजर तथा हाल ग्यालेक्सी जेड फ्लिप आदि फोल्डेवल स्मार्टफोनहरुका साथमा फोल्डेवल स्मार्टफोनको ट्रेन्ड एक प्रकारले शुरु भईसकेको छ । तर चिनियाँ कम्पनी टिसीएलले एक यस्तो स्मार्टफोन बनाउँदैछ जसको स्क्रिन तन्किनेछ।

महत्वपुर्ण विषय टिसीएलले मोबाइल वल्र्ड कंग्रेश २०१९ को बेला फोल्डेवल स्क्रिन शोकेस गरेको थियो । सिनेट को एक रिर्पोटमा टिसीएलले हाल काम गरिरहेको फोनको स्क्रिन फ्लेगजिवल हुने उल्लेख गरिएको छ ।

टिसीएलले स्लाइड आउट डिजाइनसँगै एक स्मार्टफोनको प्रोटोटाइप बनाउँदै छ । जसलाई फोल्ड गर्नुपर्ने आवश्यक्ता नै रहँदैन, बरु यस फोनको स्क्रिनलाई साइड पुश गरेर छोटो गर्न सकिने छ । सिनेटले टिसीएलको फोल्ड नहुने फ्लेगजिवल स्क्रीन रहेको स्मार्टफोनको प्रोटोटाइपलाई शेयर गरेको हो ।

रिर्पोटअनुसार यो फोन हेर्दामा स्ट्यान्डर्ड स्मार्टफोनको देखिने तर यसको स्क्रीनलाई पुल गरेपछि भने यो ट्यावलेटको साइज हुने बताईएको छ । रिर्पोटमा कम्पनीले यस स्मार्टफोनको प्रोटोटाइपलाई यसै वर्ष हुने भनिएको मोबाइल वल्र्ड कंग्रेशमा शोकेश गर्ने तयारी गरेको थियो । तर हाल यो कार्यक्रम क्यान्सिल भईसकेको छ । टिसीएलको यस प्रोटोटाइपमा स्लाइड आउट डिस्प्ले रहने छ र यसमा कर्ब्ड एज प्रदान गरिने छ ।

स्लाइड आउट डिस्प्लेले काम कसरी गर्ने छ भन्ने बारेमा भने हाल कुनै जानकारी सार्वजनिक भएको छैन । तर यस स्मार्टफोनले फोल्डेवल स्मार्टफोनलाई कडा टक्कर दिन सक्ने देखिएको छ । किनभने यसमा फोनलाई पटक पटक फोल्ड गर्ने झन्झट हुनेछैन ।

यद्पी यस स्मार्टफोनको पनि आफ्नै खालको समस्या हुन सक्नेछ जुन आउँदा दिनमा स्पस्ट हुनेछन् । टिसीएलले हाल यस स्मार्टफोनको प्रोटोटाइपको बारेमा कुनै अफिशियल जानकारी भने दिएको छैन् । एजेन्सी

प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...