गूगलद्धारा नयाँ अपरेटिङ्ग सिस्टम एन्ड्रोएड ११ को डेभलपर प्रिभ्यु जारी, यस्तो हुनेछ फिचरहरु

Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार

गूगलद्धारा नयाँ अपरेटिङ्ग सिस्टम एन्ड्रोएड ११ को डेभलपर प्रिभ्यु जारी, यस्तो हुनेछ फिचरहरु
Classic Tech

काठमाडौं । गूगलले एन्ड्रोएड ११ को पहिलो प्रिभ्यु जारी गरेको छ । आमरुपमा नयाँ एन्ड्रोयड भर्जनको डेभलपर प्रिभ्युलाई मार्च महिनामा जारी गरिने भएपनि यसपटक कम्पनीले पहिले नै जारी गरेको छ ।

डेभलपरहरुको लागी जारी गरिएको नयाँ अपरेटिङ्ग सिस्टम एन्ड्रोएड ११ प्रिभ्युलाई गूगलको पिक्सेल २, ३, ३ए र ४ मा नै प्रयोग गर्न सकिने छ । यसलाई इन्स्टल गर्नको लागी क्लीन फर्म्याट गर्नुपर्ने हुन्छ र सबै डाटालाई नष्ट गरेर यसलाई टेस्टिंगको लागी इन्स्टल गर्न सकिन्छ ।

एन्ड्रोएड ११ मा दिईने केहि फिचरहरुको बारेमा यस डेभलपर प्रिभ्युबाट अन्दाजा लगाइएको छ । यदपी हाल शुरुवाती चरणमा यसमा धेरै सुबिधाहरु जोड्न र हटाउन सकिने छ ।

फ्लोटिंग म्यासेज –

एन्ड्रोएड ११ को म्योसेन्जिंग यूजर इन्टरफेसमा प्रयोगकर्ताले ठुलो परिर्वतन देख्न सक्नेछन । यसमा फ्लोटिंग बबल को प्रयोग गरिने छ जसबाट म्यासेजमा भएको धेरै कुराहरुलाई सजिलै एक्सेस गर्न सकिने छ । एन्ड्रोएडको यो फिचरले फेसबुक म्यासेन्जर र ह्वाट्सएपसँग पनि काम गर्ने आशा गरिएको छ ।

स्क्रिन रेर्कडिंग –

यो फिचरलाई आजकल सबै मोबाइल कम्पनीहरुले दिने गरेका छन । तर यसको टेस्टिंग कम्पनीले एन्ड्रोएड १० सँगै गरेको थियो । यद्पी यसलाई एन्ड्रोएड १० मा भने दिईएन्। तर यसलाई अब एन्ड्रोएड ११ सँगै लन्च गरिने देखिएको छ ।

डार्क मोडलाई एन्ड्रोएड १० मा पनि दिइएको थियो तर अब यसलाई नयाँ भर्जन सँगै यसमा केहि बदलाव गरिने छ र यसलाई अटोमेटिक गरिने छ । प्रयोगकर्ताले चाहेमा यसलाई म्यानुअल सेलेक्ट गर्न पनि सक्दछन्।

म्युजिक कन्ट्रोलको लागी एन्ड्रोएड ११ मा मोशन सेन्स जेस्चर फिचर दिइने छ । एक्सडिए डेभलपर्सको एक रिर्पोटअनुसार एन्ड्रोएड ११ मा एक नयाँ यूजर इन्टरफेस पनि रहेको छ, तर यो हाईड रहेको र हाल यो पुरारुपमा फंग्शलन पनि नरहेको उल्लेख गरिएको छ ।

एन्ड्रोएड ११ सँगै गूगलले फोल्डेवल स्मार्टफोनलाई सर्पोट दिन सुरु गर्नेछ । यस बाहेक ५जी को सर्पोट पनि यस अपरेटिंग सिस्टममा पाइने छ ।

एन्ड्रोएड ११ सँगै नोटिफिकेशन्समा पनि परिर्वतन भएको देखिने छ । नयाँ भर्जनको एन्ड्रोएडमा नोटिफिकेशनबाट नै रिप्लाई र यसबाट नै फोटोहरु र जीफ ईमेजहरु पठाउन सकिने छ । यद्पी यसको लागी उक्त एपमा यस प्रकारको सर्पोट हुनु पर्दछ ।

प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...