ग्लोबल आईएमई बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सहकार्य

Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार

ग्लोबल आईएमई बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं ।

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदी र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बैंकको कमलादी स्थित प्रधान कार्यालयमा आयोजित समारोहमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका हुन्।

यस सम्झौताअनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लेटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका डाइरेक्टर अमित अग्रवालले भने, “अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उनीहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ।”

त्यसैगरी ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीले भने, “हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।”

ग्लोबल आईएमई बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २४९ वटा शाखारहित बैंकिङ, चार सय ३० एटीएम, एवं ३७ वटा एक्सटेन्सन काउण्टर मार्फत बैंकिङ सेवा प्रदान प्रदान गर्दै आएको छ । १८ लाखभन्दा बढी ग्राहककासाथ सञ्चालनमा रहेको बैंकको प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

easy care

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार