रहेनन् कम्प्यूटरमा ‘कट, कपि र पेस्ट’ कार्यको शुरुवात गर्ने बैज्ञानिक ल्यारी टेस्लर

Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार

रहेनन् कम्प्यूटरमा ‘कट, कपि र पेस्ट’ कार्यको शुरुवात गर्ने बैज्ञानिक ल्यारी टेस्लर

काठमाडौं ।

काठमाडौं । ‘कट, कपि र पेस्ट’ यो एक यस्तो टर्म हो जसको प्रयोग कम्प्युटर र सोशल मिडियामा अनिवार्य भईसकेको छ । कट, कपि र पेस्ट आविश्कार गर्ने बैज्ञानिक त्यति प्रसिद्ध त हुन सकेनन तर उनको योगदान भने निकै अहम भुमिकाको रहेको छ ।

कट, कपि र पेस्टलाई वास्तवमा इन्टरफेस अर्थात यूआई एक बैज्ञानिकले तयार गरेका थिए जसको नाम ल्यारी टेस्लर हो ।

कट, कपि र पेस्टको सिर्जना गर्ने उनै वैज्ञानिकको आज मृत्यु भएको छ । ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा मृत्यु भएको हो । उनको जन्म अमेरिकाको न्युर्योक सहरमा भएको थियो । उनले स्टेनफोर्ड युनिभर्सिटीबाट कम्प्युटर साइन्सको पढाई पुरा गरेका थिए । १९७३ सालमा उनले जेरोक्स पलो अल्टो रिसर्च सेन्टर (पिएआरसी) Xerox Palo Alto Research Center (PARC) मा काम गर्न शुरु गरेका थिए । यहाँ बाट नै उनको कट, कपि र पेस्ट यूजर इन्टरफेसको यात्रा सुरु भएको थियो ।

टेस्लरले पिएआरसीमा टिम मेटसँग मिलेर जिप्सी टेक्स्ट एडिटर तयार गरेका थिए । यहि जिप्सी टेक्स्ट एडिटरमा उनले टेक्स्टलाई कपि र मुभ गर्नको लागी मोडलेस मेथड तयार गरेका थिए । यहिबाट कट, कपि र पेस्ट टर्म आविस्कार भएको थियो । ल्यारी टेस्लरले आफ्नो सिभीमा उनि मोडलेस एडिटिंग र कट, कपि पेस्टको शुरुवाती इन्भेन्टर भएको बताएका छन्। यद्पी उनले सिभीमा आफुलाई गल्तिले फादर अफ ग्राफिकल यूजर इन्टरफेस फर मेकिन्टस भनिएको तर आफु नभएको पनि लेखेका छन् ।

ल्यारी टेस्लरले पिएआरसी मा नै कट, कपि र पेस्ट सिस्टमलाई डेभलप गरेका थिए। यद्पी पछि कट, कपि र पेस्टको कन्सेप्टलाई कम्प्युटरको इन्टरफेस र टेक्स्ट एडिटर्सको लागी लिएर आईएको थियो । ल्यारीले काम गर्ने कम्पनीलाई नै शुरुवाती ग्राफिकल यूजर इन्टरफेस र माउस नेभिगेशनको श्रेय जान्छ ।

महत्वपुर्ण कुरा एप्पलका को फाउन्डर स्टिभ जब्सले पनि पिएआरसी को यस रिसर्चलाई एप्पलका प्रोडक्टहरुलाई उत्कृष्ट बनाउनको लागी प्रयोग गरेका थिए । पिएआरसी बाहेक टेस्लरले अमेजन र याहुसँग पनि काम गरेका थिए। एजेन्सी

easy care

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार