किन जापानमा २,००० थान आइफोन सित्तैमा बाँडियो, यस्तो छ कारण

Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार

किन जापानमा २,००० थान आइफोन सित्तैमा बाँडियो, यस्तो छ कारण
तस्विरःगूगल
Classic Tech

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलको आइफोनलाई लिएर हामीकहाँ एउटा चुटकिला नै बनेको छ, ‘आईफोन किन्नलाई त एउटा किड्नी बेच्नुपर्छ’ । आजपनि धेरै मानिसहरु आईफोनलाई स्ट्याटस र स्टाइलको पहिचानको रुपमा लिने गर्दछन् ।

हामी सबैलाई थाहा छ आइफोन जहिलै पनि हाई प्राईसमा लन्च हुने गर्दछ यसैको कारणले एन्ड्रोएड स्मार्टफोनहरुको तुलनामा यस स्मार्टफोनलाई कमै मानिसहरुले किन्ने गर्दछन । तर हालैमा जापान सरकारले आईफोनका २,००० थान स्मार्टफोनहरु आफ्ना नागरिकहरुलाई फ्रि मा बाँडेको छ । २,००० थान आइफोन स्मार्टफोनहरु फ्रिमा बाँड्नु आफैंमा अचम्मको कुरा त छँदैछ तर फोनलाई फ्रि मा बाँड्नु पछाडिको कारण झनै अचम्मको रहेको छ।

जापान सरकारले गरेको यस कुरा सुन्दा पहिले अचम्म लागेपनि यसको पछाडिको कारण भने निकै चकित तुल्याउने खालको रहेको छ । यी आइफोनहरु एक समुद्रि जहाजमा सवार रहेको यात्रुहरुलाई बाँडिएको हो । खासमा यस पछाडिको कारण जहाजमा सवार एक यात्रुलाई कोरोनाभाइरसको संक्रमण रहेका हो । यस जहाज आफ्नो यात्रामा निस्किसकेको बेला जहाजमा सबार एक यात्रुलाई कोरोना सक्रमण रहेको खुलेको थियो । यस खवरले पुरा विश्वको ध्यान जहाजमा तानेको थियो ।

हाल यो भाईरस एक व्यक्तिबाट अर्को व्यक्तिमा निकै तिव्ररुपमा फैलिरहेको अवस्थामा जहाजमा सवार एक यात्रुलाई कोरोनाभाईरस पोजेटिभ भोटिएपछि जहाजमा सवार सबै यात्रुहरुलाई शकांस्पद नजरले हेर्न थालियो । यो घटना यति गम्भिर भयो कि अब जहाजको नाम नै परिवर्तन गरेर यसलाई कोरोनाभाईरस क्रुज शिप भन्न थालियो । यसकारण जापान लगायत पुरा विश्वमा जहाजमा सवार हजारौं यात्रुहरु यस भाइरसको संक्रमण फैलिएमा यसले भयावह स्थिती उत्पन्न गराउन सक्ने थियो । यसैबाट बच्नको लागी जापान सरकारले जहाजमा सवार सबै २,००० यात्रुहरुलाई आइफोन फ्रि मा बाँडेको हो ।

जापान सरकारले सबै यात्रुहरुलाई २,००० थान फोन बाँडेको हो । यी सबै डिभाईस एप्पलको आइफोन ६ एस हुन्। जापान सरकारले सबैभन्दा पहिले यी सबै डिभाईसमा एक खास प्रकारको एप इन्स्टल गरेको थियो । यस एपको मदतबाट सबै यात्रुहरुले डक्टरहरुको टिमसँग सिधा कन्ट्याक्ट गर्न सक्दथे । यसबाट सबै यात्रुहरुले आफ्नो स्वास्थसँग जोडिएको जानकारी आफ्ना जानकारी डाक्टरहरुलाई राम्रोसँग बताउन सक्दथे।

आईफोन ६एस भन्दा पहिले जापानी मिनिस्ट्री अफ हेल्थ, लेबर एन्ड वेलफेयरको तर्फबाट सबै यात्रुहरुलाई एन्ड्रोएड स्मार्टफोनहरु दिने योजना रहेपनि एन्ड्रोएड फोनमा उक्त एप इन्स्टल गर्न समस्या उत्पन्न भएको कारण सबै यात्रुहरुलाई आइफोन बाँडिएको हो।

हाल यस जहाजमा रहेको यात्रुहरुलाई बाहिर निकालिँदै रहेको छ । यसबाट सबैभन्दा पहिले वृद्ध, अस्वस्थ, र आफ्नो क्याविनमा झ्याल नरहेको यात्रुहरुलाई निकालिएको हो । यससँगै बिस्तारै सबै यात्रुहरुलाई निकालिंदै रहेको छ ।

यस जहाजबाट निकालिएका यात्रुहरुलाई एक खास शिविरमा क्वारेन्टाइनको लागी राखिने छ जहाँ मानिसहरुमा यस भाइरसको क्वारेन्टाइन चेकअप गरिने छ । स्मरणरहोस चीनबाट विश्वभर फैलिदोँ क्रममा रहेको यस भाइरसको कारणले हालसम्म २,००० भन्दा धेरै मानिसहरुको मृत्यु भईसकेको छ । यसै भाइरसको कारणले स्पेनको बार्सिलोनामा आयोजना हुने भनिएको मोबाइल वर्ल्ड कंग्रेश पनि रद्ध गरिएको छ । एजेन्सी

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...