नेपाली कांग्रेसद्धारा संचार मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग

Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार

नेपाली कांग्रेसद्धारा संचार मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाली कांग्रेसले संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस खरिदको क्रममा मन्त्री बाँस्कोटाले बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएको र ७० करोड कमिसन संचार मन्त्रीले मागेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको हो ।

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिअनुसार सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस खरिद तयारी सँगै ठूलो रकमको अनियमितता तयारी भईरहेको थियो भन्ने अनुमाति विवरण अघिनै सार्वजनिक भएका थिए । अहिले भने स्वयं संचार मन्त्रीले नै कमिसनका लागि बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भए पश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको नेपाली कांग्रेसले ठहर गरेको छ ।

त्यसैले संचार मन्त्रीलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रकृयालाई सघाउन कांग्रेसले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

यसअघि हाम्राकुरा डटकमले संचार मन्त्रीले ७० करोड रुपैयाँ सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रकृयामा बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक गरेको थियो ।

easy care

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार