५जी मोबाइल कनेक्सन सन् २०२३ सम्ममा १० प्रतिशत नाध्ने, मोबाइल इन्टरनेट स्पीड तीन गुणा बढ्ने

Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार

५जी मोबाइल कनेक्सन सन् २०२३ सम्ममा १० प्रतिशत नाध्ने, मोबाइल इन्टरनेट स्पीड तीन गुणा बढ्ने
Classic Tech

काठमाडौं । विश्व बजारमा सन् २०२३ सम्ममा कुल मोबाइल कनेक्सनको १० प्रतिशत भन्दा बढि कनेक्सन ५जीको हुने प्रक्षेपण गरिएको छ । तिब्रगतिमा हुने ५जी नेटवर्कको बिस्तारले ग्लोबल मोबाइल कनेक्सनको स्पीडलाई पनि आगामी ५ वर्षमा तीन गुणाले बढाउने सिस्कोले हालै गरेको प्रक्षेपणमा उल्लेख छ ।

सिस्कोको वार्षिक रिपोर्टको अनुमानअनुसार सन् २०२३ मा मोबाइल कनेक्सन स्पीड ४४ एमबिपिएस पुग्नेछ जबकी यस्तो स्पीड सन् २०१८ मा औसत १३ एमबिपिएस रहेको थियो ।

यसका साथै औसत ५जी स्पीड भने ५७५ एमबिपिएस सोहि वर्ष पुग्ने अपेक्षा गरिएको छ भने औसत मोबाइल इन्टरनेटको स्पीडभन्दा १३ गुणा तिब्र हुने अपेक्षा गरिएको छ ।

रिपोर्टअनुसार सन् २०२३ मा वाईफाई नेटवर्कहरुमा औसत विश्वव्यापी स्पीड ९२ एमबिपिएस हुने अपेक्षा छ भने फिक्स्ड ब्रोडब्याण्डमा ११० एमबिपिएस हुने अपेक्षा गरिएको छ ।

सिस्कोको वार्षिक रिपोर्टले मोबाइल, वाईफाई, फिक्स्ड ब्रोडब्याण्ड नेटवर्किंगका साथमा बढ्दो यूजर्स, डिभाईस र कनेक्सनको आधारमा गुणस्तरीयताको प्रक्षेपण गरेको छ । यसका साथै नेटवर्कको कायक्षमता र वर्तमान प्रवृत्तिको आधारमा अनुमान गरिएको छ ।
रिपोर्टले ५जी यूजर्सको बारेमा अन्य बजार अनुसन्धानकर्ताहरुले गरेको जस्तै प्रक्षेपण गरेको छ, जसअनुसार ५जी को पहिलो ५ वर्षमा १ अर्ब भन्दा बढि यूजर्स पुग्नेछन् ।

सिस्कोको प्रक्षेपणअनुसार सन् २०२३ सम्ममा विश्व जनसंख्या ५.७ अर्बको आधारमा ७० प्रतिशत भन्दा बढि मानिसहरुसम्म २जी, ३जी, ४जी वा ५जी मोबाइल कनेक्टिभिटी हुनेछ । हाल विश्व जनसंख्याको करिब दुई तीहाईले मात्र मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् ।

अझ कनेक्टेड डिभाइसहरुको संख्या त यो भन्दा निकै धेरै हुने अनुमान सिस्कोले गरेको छ । जसमा औसतमा प्रति व्यक्ति ३.६ डिभाइस हुनेछ भने प्रत्येक घरधुरीमा करिब १० वटा डिभाइस र कनेक्सनहरु हुनेछ । मसिन टू मसिनले कुल ग्लोबल डिभाइस र कनेक्सनहरुमध्ये करिब आधा अर्थात १४.७ अर्ब हुने अनुमान छ ।

नेटवर्कमा भएका डिभाइसहरुमध्ये सन् २०२५ सम्ममा मोबाइलको संख्यामा वृद्धि हुँदै करिब ४५ प्रतिशत पुग्नेछ । यसमा दुबै सेलुलर नेटवर्कहरु( २जी, ३जी, ४जी वा ५जी ), र नयाँ लो पावर, वाईड एरिया वायरलेस नेटवर्कहरु समावेश छन् ।

वायरलेस नेटवर्कहरु सन् २०२३ सम्ममा मोबाइल कनेक्सनहरुमध्ये करिब १४.४ प्रतिशत हिस्सा लिनेछ, जून सन् २०१८ मा केबल २.५ प्रतिशत रहेको अनुमान थियो ।

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...