Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमी अहिले स्मार्टफोन बाहेकका सस्तो मुल्यका उपभोक्ताको दैनिक जीवनमा प्रयोग हुने अन्य समानहरु ल्याउन कडा प्रयास गरिरहेको छ । हरेक दिन वायु प्रदुषण बढदै गइरहेको अवस्थामा हाल चिनियाँ कम्पनीले श्वासप्रश्वासको लागी नयाँ प्रकारको मास्क बनाउन चाहेको देखिएको छ ।
कम्पनीले हाल स्मार्ट मास्क बनाउन खोजेको छ । शाओमीले स्मार्ट मास्क सम्वन्धित हालै नयाँ पेटेन्ट फाइल गराएको छ । कम्पनीले अमेरिकाको पेटेन्ट एण्ड ट्रेडमार्क कार्यालय (युएसपीटिओ) मा सो पेटेन्ट फाइल गरेको हो ।
शाओमीको पेटेन्ट फाइलअनुसार कम्पनीको स्मार्ट मास्क विभिन्न चारओटा मोड्युलमा आउने छ जसमा इन्बेडेड कम्प्युटिंग युनिट रहने छ । यसमा एक प्रोसेसर पनि समावेस रहेको हुन्छ जसले मास्कको फ्यानमा रहने सेन्सरबाट सबै डाटालाई गणना गर्ने गर्दछ । त्यसपछि यी डाटाहरु मेमोरी मोड्युलमा स्टोर हुने छन् ।
यसबाहेक मास्कमा जडान गरिएको एक मोड्युलबाट सबै डाटा रिले हुनेछन् । यी कामका लागी चाहिने पावरको लागी मास्कमा इनबिल्ट ब्याट्री राखिएको रहेको हुनेछ । यी सबैका लागी स्मार्ट मास्कमा स्ट्यान्डर्ड फिल्टर हुनेछ ।
स्मार्ट फिचरहरु हुने
यस स्मार्ट मास्कले यसलाई लगाएको समयलाई प्रदुषण शोषण मापनसँगै रेकर्ड गर्न सक्नेछ । कम्पनीले यसमा सेन्सरहरुको प्रयोग गरि प्रदुषण शोषणको मात्रालाई काउन्ट गर्न सक्ने बनाउने छ । यस स्मार्ट मास्कको लागी एक एप ल्याईने अनुमान लगाइएको छ जसमा मास्कले रेकर्ड गरेको र क्याल्कुलेट गरेको डाटालाई पठाउने छ । यस मास्कले उपभोक्तालाई सेन्ट्रल सर्भरको प्रयोग गरेर एयर क्वालिटी इन्डेक्सको जानकारी पनि प्रदान गर्ने छ ।
यस स्मार्ट मास्कमा धेरै प्रकारका सेन्सरहरु रहने छन् । जसले एक्सेलेरोमीटर र जाइरोस्कोपको माध्यमबाट श्वासप्रश्वासको क्रमलाई मापन गर्ने तथा उपभोक्ताको गतिलाई मापन गर्नेछ । अझ अचम्मको कुरा त यस स्मार्ट मास्कले उपभोक्ताको फोक्सोको क्षमता बढिरहेको छ वा घटिरहेको छ भन्ने पनि नाप्न सक्दछ । मास्कले उपभोक्ताले श्वास फेर्दा हुने समस्याहरु निर्धारण गर्न सक्दछ र यसको सम्भावित समाधानहरु यसैसँग सम्बन्धित एपको प्रयोगबाट गर्न सकिने छ ।
कम्पनीले ब्रान्डको पेटेन्ट फाईल गरेपनि अहिले नै सो प्रडक्ट ल्याउँछ भन्ने होईन् । पेटेन्ट फाइल गरेको अर्थ कम्पनीले उत्पादन नै सुरु गरेको चाहि होइन । तर पनि कम्पनीले यसमा काम गरिरहेको अनुमान भने गर्न सकिन्छ । एजेन्सी
प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार