नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघको अन्तरकृया कार्यक्रम र सम्झौता

Technology Khabar ७ फाल्गुन २०७६, बुधबार

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघको अन्तरकृया कार्यक्रम र सम्झौता

काठमाडौं ।

काठमाडौं । नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबिच संघका सदस्यहरुलाई, ब्यवसाय प्रबद्र्धन तथा बैकिङ्ग सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ ।

वाणिज्य संघको कार्यालयमा भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रबर्धन विषयक अन्तरकृया कार्यक्रमका बिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले सो सम्झौता अदानप्रदान गरे ।

यस सम्झौतासंगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथसाथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन र संरक्षणको लागि बैंकले सहयोग गर्ने कुरा शाहले जानकारी गराएको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार