भारतीय टेल्कोजको बाँकी बक्यौताः अदालतको आदेशपछि एयरटेलले बुझायो १० हजार करोड भारु

Technology Khabar ७ फाल्गुन २०७६, बुधबार

भारतीय टेल्कोजको बाँकी बक्यौताः अदालतको आदेशपछि एयरटेलले बुझायो १० हजार करोड भारु
NTC_Advt

काठमाडौं ।

काठमाडौं । भारतीय सर्वोच्च अदातलको कठोरता र सरकारको कडा डेडलाइनपछि भारतीय टेलिकम कम्पनील. भारती एयरटेलले सोमवार भारतीय दुरसञ्चार विभागलाई एडजस्टेड ग्रस रेभेन्यु (एजीआर) को १०,००० करोड भारतीय रुपैयाँ बुझाएको छ र एयरटेलले बाँकी रहेको पैसालाई पनि केहि दिनमा चुक्ता गर्ने बताएको छ । अब कम्पनीमाथि २५,००० करोड भारतीय रुपैयाँ बक्यौता भुक्तान बाँकी रहेको छ ।

कम्पनीकाअनुसार भारती एयरटेल, भारती हेक्साकम र टेलीनरको तर्फबाट कुल १०,००० करोड भारु बुझाएको हो । स्मरण रहोस भारतमा भोडाफोन आइडिया र भारती एयरटेलसहित १६ कम्पनीहरुले एजीआरबापत सरकारलाई १ लाख करोड भारु बुझाउन बाँकी रहेको छ ।

कम्पनीले आफुहरु तिव्र रुपमा स्वआंकलन प्रक्रियामा रहेको र सर्वोच अदातलको अर्को सुनुवाई भन्दा अघि नै आफुहरुले यस प्रक्रियालाई पुरा गरेर बाँकी रकमलाई तिर्ने बताएको छ । एयरटेलले बाँकी रहेको बक्यौता भुक्तान गर्ने समयसम्म यससँग जोडिएका अन्य जानकारीहरु पनि दिने बताएको छ ।

भारतको सर्वोच्च अदालतले एजिआरको मुद्धामा कडारुप प्रस्तुत गरेसँगै भारतीय दुरसञ्चार बिभागले १४ फरवरीदेखि भारती एयरटेल र भोडाफोन आईडिया जस्ता दुुरसञ्चार कम्पनीहरुलाई चाँडो भन्दा चाँडो कम्पनीहरुको पछिल्लो वैधानिक बक्यौता तिर्नका लागी आदेश जारी गरेको थियो । भारती एयरटेलले लाइसेन्स शुल्क र स्पेक्ट्रम उपयोग शुल्क गरि भारत सरकारलाई कुल ३५,५८६ करोड भारु बक्यौता बुझाउनु रहेको छ । एयरटेलले सञ्चार विभागको आदेशमा प्रतिकृया दिँदै कम्पनीले बक्यौताको १०,००० करोड भारु २० फरवरीसम्म भुक्तान गर्ने र बाँकीलाई १७ मार्चसम्ममा भुक्तान गर्ने बताएको थियो ।

भारतमा टेलिकम कम्पनीहरुले बिभागलाई करिव १.६३ लाख करोड भारु बक्यौता तिर्नपर्ने रहेको छ । यसमा कम्पनीहरुको लाईसेन्स फी र स्पेक्ट्रम उपयोग चार्ज रहेको छ । कम्पनीहरुले लाइसेन्सको बक्यौता रकम ९२,६४२ करोड भारु र स्पेक्ट्रम उपयोग बापत ७०,८९६ करोड भारु भारतीय सञ्चार विभागलाई तिर्न बाँकी रहेको छ । यसमध्ये सर्वाधिक बक्यौता भारती एयरटेलको र भोडाफोन आईडियाको रहेको छ । एजेन्सी

प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार