एप्पलको सस्तो आइफोन एसई २ आउँदो महिना लन्च हुने, कति पर्ला बजार मूल्य

Technology Khabar ७ फाल्गुन २०७६, बुधबार

एप्पलको सस्तो आइफोन एसई २ आउँदो महिना लन्च हुने, कति पर्ला बजार मूल्य

काठमाडौं ।

काठमाडौं । एप्पलले आउँदो महिना आफ्नो लो बजेट आइफोनलाई लन्च गर्न सक्ने देखिएको छ । रिर्पोटअनुसार एप्पलले आउँदो ३१ मार्चमा आइफोन एसई २ लाई लन्च गर्ने तयारी गरिरहेको छ । महत्वपुर्ण कुरा आइफोन एसईलाई कम्पनीले अरु फोनको तुलनामा सस्तो मूल्यमा लन्च गरेको थियो ।

आइफोन एसई पछि कम्पनीले यस सीरीजको स्मार्टफोनलाई लन्च गर्न बन्द गरिदिएको थियो । तर हाल कम्पनीले आइफोन एसई २ लाई लन्च गर्न सक्ने देखिएको छ । यद्पी अन्य केहि रिर्पोटहरुमा कम्पनीको यस स्मार्टफोनलाई आइफोन ९ पनि भनिएको छ । कम्पनीले आइफोन ८ पछि सिधै आईफोन एक्स लन्च गरेको भएकाले पनि यस स्मार्टफोनलाई आइफोन ९ भनिएको हो ।

सार्वजनिक हुने तारिख स्पष्ट नभएपनि रिर्पोटहरुका अनुसार ३१ मार्चमा नयाँ बजेट आइफोन लन्च हुने र यसको बिक्री ३ अप्रिल देखि सुरु हुने छ । कम्पनीको यस फोनलाई ३९९ डलरको शुरुवाती मुल्यमा लन्च गरिने देखिएको छ ।

एप्पल एनालिस्ट मिंग चि कुओ ले हालैमा एप्पलको यस फोनमा ए१३ प्रोसेसर रहन सक्ने बताएका छन् । महत्वपुर्ण कुरा कम्पनीले यसअघि आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्समा पनि यहि प्रोसेसर प्रदान गरेको थियो । कम्पनीले यस स्मार्टफोनमा ३जीबी र्यामसँगै ६४जीबी र १२८जीबी स्टोरेजको भेरियन्टहरुको अप्शन दिन सक्ने छ ।

रिर्पोट अनुसार एप्पलले ३१ मार्चमा एक इभेन्ट आयोजना गर्ने र यसै समयमा कम्पनीले आइफोन एसई २ वा आइफोन ९ लन्च गर्न सक्ने छ । एजेन्सी

easy care

प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार