कोरोना कहरः चीनमा एप्पलको कारोबारमा नराम्रो असर, आइफोनको आपूर्ति प्रभावित

Technology Khabar ७ फाल्गुन २०७६, बुधबार

कोरोना कहरः चीनमा एप्पलको कारोबारमा नराम्रो असर, आइफोनको आपूर्ति प्रभावित
Classic Tech

काठमाडौं । चीनबाट विश्वभर फैलिँदो क्रममा रहेको कोरोनाभाइरसको कारणले अमेरिकी टेक कम्पनी एप्पलको कारोवारमा नराम्रो असर परेको छ । एप्पलले चीनमा भाइरस डरलाग्दो रुपमा फैलिएको कारणले आफ्नो आपूर्तिमा निकै खराव प्रभाव परेको जनाएको छ ।

कम्पनीले हाल चीनमा मार्च क्वाटरको आकंडा जारी नगर्ने भएको छ । कोरोनाभाइरसको कारणले गर्दा एप्पलले चीनमा निकै दिन प्रोडक्सन बन्द गर्नु परेको छ ।

एप्पलले एक स्टेटमेन्टमा हालत आफुहरुको अनुमान विपरीत निकै सुस्त रुपमा सामान्य हुँदै गरेको र यसै कारणले आफुहरुले लक्षित गरेका त्रैमासिक आय पुरा नहुन सक्ने बताएको छ । कम्पनीले यस त्रैमासिककमा आफ्नो आयलाई ६३ देखि ६७ अर्व डलरको विचमा पुर्याउने लक्ष्य राखेको थियो ।

एप्पलका अनुसार कोरोना भाइरसको कारणले गर्दा कम्पनीले चीनमा रहेको उत्पादनका सहयोगी कारखानाहरु केहि दिनका लागी बन्द गरिएको र अहिले विस्तारै विस्तारै यसले कामलाई अघि बढाइरहेको छ । यसबाट विश्वभर आईफोनको आपूर्ति अस्थाई रुपमा सिमित रहने छ ।

यसबाहेक चिनियाँ मार्केटमा ग्राहकको माग घटेको कारणले पनि एप्पलको कारोवारमा असर पुगेको छ । हाल चीनका कयौँ स्टोरहरु बन्दको अवस्था रहेका छन् ।

कोरोनाभाइरसको कारणले हालसम्म २,००० भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ र यसबाट ७२ हजारभन्दा बढि मानिसहरु सक्रमित रहेका छन । जसमध्ये अधिकाशं चिनियाँ नागरिकहरु रहेका छन् । एजेन्सी

प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...