कोरोनाभाइरसको असर: सन् २०२० मा स्मार्टफोनको आपूर्ति घटेर १.३ अर्ब यूनिट भन्दा कम हुने

Technology Khabar ७ फाल्गुन २०७६, बुधबार

कोरोनाभाइरसको असर: सन् २०२० मा स्मार्टफोनको आपूर्ति घटेर १.३ अर्ब यूनिट भन्दा कम हुने
Classic Tech

काठमाडौं । विश्व स्मार्टफोन बजारमा सन् २०२० भित्र करिब १.२७८ अर्ब यूनिट आपूर्ति हुने अनुमान गरिएको छ । सो संख्याभित्र करिब २० करोड ५जी मोडलका फोनहरु समेत समावेश रहेको छ ।

हालै डिजिटाइम्स रिसर्चले गरेको प्रक्षेपणअनुसार कोरोनाभाइरसको असरले गर्दा चीन र विश्व बजारमा आर्थिक वृद्धिमा प्रभाव पार्नेछ ।

यदि यो भाइरस फरबरीभित्र नियन्त्रणमा आउन सक्यो र फ्याक्ट्रिहरु पुन संचालन हुनसकेको खण्डमा यो संख्यामा वृद्धि हुनसक्नेछ ।

चीनका प्रमुख ४ ह्याण्डसेट ब्राण्डहरुले यो वर्ष स्मार्टफोनको आपूर्तिमा कमी हुने अनुभव गर्नेछन् । जसअन्तरगत वार्षिकरुपमा करिब १९.५ प्रतिशतको बिक्रीमा कमी आउनेछ भने पहिलो चौमासिकमा यसअघि जनवरीमा प्रक्षेपण गरिएको भन्दा करिब ११ प्रतिशत गिरावट हुनेछ ।

यदपी प्रमुख ब्राण्डहरुका अधिकांश एसेम्बली प्लान्टहरु र सप्लाई चेन मेकरहरुले आफ्नो संचालन शुरु गरिरहेका छन भने स्टक राख्ने कार्य गरिरहेको छ । केहि प्रमुख कम्पोनेन्ट निर्माताहरुले जस्तै क्यामरा लेन्स, चेसिस र टच मोडूलहरुको क्षमतालाई उपयोग गर्ने कार्य हाल करिब २० देखि ४० प्रतिशत रहेको छ भने ५० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

तर अहिले ठूला क्षमताका सप्लाई चेन मेकरहरुले मात्र आफ्नो अपरेशनलाई न्यून क्षमतामा संचालन गरिरहेको छन भने साना निर्माताहरुले अझै स्थानिय अधिकारीको अनुमति कुरिरहेका छन् ।

जसले गर्दा मार्च महिनामा मोबाइल ह्याण्डसेट उद्योगले सप्लाई चेन बिग्रीने र विभिन्न प्रकारका कम्पोनेन्टहरुको अभाव महसुस गर्नसक्ने जोखिम रहेको बताईएको छ ।

प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...