स्पेसएक्सले पाँचौ खेपमा थप ६० स्याटेलाइट अन्तरिक्षमा पठायो, ३०० वटा स्याटेलाइट अर्बिटमा

Technology Khabar ७ फाल्गुन २०७६, बुधबार

स्पेसएक्सले पाँचौ खेपमा थप ६० स्याटेलाइट अन्तरिक्षमा पठायो, ३०० वटा स्याटेलाइट अर्बिटमा

काठमाडौं ।

काठमाडौं । अमेरिकी स्याटेलाइट कम्पनी स्पेसएक्सले आफ्नो पछिल्लो ब्याचमा ६० वटा थप स्याटेलाइटहरु अन्तरिक्षमा पठाएको छ । यसका साथमा कम्पनीले आफ्नो पाचौँ खेप अन्तरिक्षमा पुर्याएको हो ।

स्पेसएक्सले एक्लै यो वर्ष तीनवटक अन्तरिक्ष यान पठाएको छ भने जम्मा ३०० वटा स्याटेलाइटहरु अर्बिटमा राखेको छ ।

स्पेसएक्सले स्टारलिंकका लागि ती स्याटेलाइटहरु पठाएको हो । यसका साथमा कम्पनी विश्वकै सबैभन्दा धेरै स्याटेलाइटहरु संचालन गर्ने ठूलो कम्पनी भएको छ ।

स्टारलिंक प्रोजेक्टअन्तरगत स्पेसएक्सले साना स्याटेलाइटहरु लो अर्थ अर्बिट स्याटेलाइटहरु प्रक्षेपण गरेको हो जसले उच्चगतिको न्यून लागतमा ब्रोडब्याण्ड कनेक्सन आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको अहिलेको उद्धेश्य भनेको अमेरिका र क्यानाडामा यो वर्षभित्र ग्राहकहरुलाई सेवा दिनका लागि आवश्यक पर्ने स्याटेलाइटहर सकेसम्म धेरै अन्तरिक्षमा पठाउनु हो । त्यसपछि मात्र कम्पनीले अन्य बजारहरुमा आफ्नो सेवा दिने लक्ष्य लिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार

ताजा समाचार