Technology Khabar ७ फाल्गुन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । बजारमा जानुभयो भने तपाईँले विभिन्न किसिमका एसेसरिज किन्न सक्नुहुन्छ । पछिल्लो दिनमा विश्वभर वायरलेस हेडसेट तथा ईयरफोनहरुको प्रयोग र बिक्री बढिरहेको छ ।
नेपाली बजारमा पनि विभिन्न ब्राण्ड र मोडलका वायरलेस हेडसेटका साथै वायरलेस ईयरफोनहरु उपलब्ध रहेका छन् । जसमध्ये केहि छोडेर अधिकांश गुणस्तरको सुनिश्चितता नभएको र ग्यारेन्टी नभएका वायरलेस ईयरफोनहरु पाईन्छन् । ती ईयरफोनहरु पनि महंगा हुने गर्दछ ।
केहि ब्राण्डेड ईयरफोनहरु भने अझै सामान्य प्रयोगकर्ताहरुको पहुँच भन्दा बाहिर रहेको छ किनकी ती धेरै महंगा छन् ।
तर अब भने ब्राण्डेड वायरलेस ईयरफोन पनि नेपाली बजारमा उपलब्ध भएको छ र त्यसलाई एक्यूरेटले बजारमा ल्याएको छ । यसअघि नै गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराएर ग्राहकहरुलाई संतुष्ट पारेको एक्यूरेटले अहिले भने एक्यूरेट टिडब्लूएस एचएक्स०३ ट्रू वायरलेस ईयरफोन्स ल्याएको हो ।
हामीले पनि यो ईयरफोनको अनुभव लिएका छौं ।
एक्यूरेट टिडब्लूएस एचएक्स०३ ट्रू वायरलेस ईयरफोन्स (Accurate TWS HX03 true wireless earphones) कम्पनीको पहिलो पुरै वायरलेस ईयरफोन हो । यो वायरलेस ईयरफोन्स ब्लूटूथ ५.० भर्सनमा आएको छ भने यसको रेडियो फ्रिक्वेन्सी २० हर्जदेखि १८.५ हर्जको बिचमा रहेको छ ।
यसको प्रत्येक ईयरफोनमा १२ एमएमको स्पीकर राखिएको छ भने यसको स्पीकर १३ एमएमको रहेको छ ।
एक्यूरेट टिडब्लूएस एचएक्स०३ ट्रू वायरलेस ईयरफोन्समा ४० एमएएचको ब्याट्री प्याक रहेको छ भने यसलाई चार्ज गर्न टाइपसी केबल दिईएको छ, जून बक्सभित्रै आउँछ । यसको पावर केस ४९*२३*५९.२ एमएमको रहेको छ र यसलाई सजिलै गोजीमा बोकेर हिँडन सकिन्छ । यसको पावर केसमा भने ४२० एमएएचको ब्याट्रि क्षमता रहेको छ जसले वायरलेस ईयरफोन्सलाई ४ पटक पुरै चार्ज गर्न सकिन्छ ।
एक्यूरेट टिडब्लूएस एचएक्स०३ ट्रू वायरलेस ईयरफोन्समा कम्पनीले ६ महिनाको वारेन्टी दिएको छ जसले गर्दा ग्राहकहरु पनि ढुक्कले प्रयोग गर्न सक्नेछन् ।
प्रयोगको अनुभव
यो वायरलेस ईयरफोन किन्दा नै तपाईलाई फरक लाग्नेछ किनकी यसको बाहिरी प्याकेजिंग बक्स नै अन्य बजारमा उपलब्ध रहेका वायरलेस ईयरफोनको भन्दा फरक रहेको छ ।
त्यस्तै पावर केस करिब करिब स्क्वायर डिजाइनमा रहेको छ भने यसको अगाडिको भागमा चार्ज लाईटिंग सिल्भर प्लेमा रहेको छ । पावरकेसको देब्रे साइडमा टाईप सी केबल प्वाइन्ट राखिएको छ । यसलाई एक हातले नै बक्स खोलेर प्रयोग गर्न सकिन्छ ।
पावरकेसभित्र राखिएका वायरलेस ईयरफोन्सलाई कुनैपनि स्मार्टफोनमा एक पटक कनेक्ट गरे पुग्छ र अर्को पटक प्रयोग गर्दा अटो कनेक्ट हुने सुविधा रहेको छ ।
यसअघि हामीले प्रयोग गरेका वायरलेस ईयरफोन्सहरु भने प्रत्येक पटक कनेक्ट गर्नुपर्ने झन्झट हुने गर्दथ्यो । त्यसैले पनि एक्यूरेट टिडब्लूएस एचएक्स०३ ट्रू वायरलेस ईयरफोन्समा प्रयोग गर्न सजिलो हुन्छ ।
ईयरफोन्समा ह्वाइट प्लास्टिक बडिको बिचमा स्टील स्ट्राईपले मोडिएको छ जसले यसलाई अझै आकर्षक र फरक देखाएको छ ।
यसको साउण्ड क्वालिटी समेत उत्कृष्ट रहेको छ । तपाईँले कुनै गित, संगित सुन्दा बाहिरी साउण्डले कुनै डिस्टर्ब गर्न सक्दैन् । साँच्चै भन्नुपर्दा यसको साउण्ड क्वालिटी कुनै महंगा ब्राण्डेड वायरलेस ईयरफोन्सको भन्दा कम छैन् ।
बजारमा एक्यूरेट टिडब्लूएस एचएक्स०३ ट्रू वायरलेस ईयरफोन्स ३,१९९ रुपैयाँमा उपलब्ध रहेको छ ।
यसको सबल पक्षहरु
यसको कमजोर पक्षहरु
निर्णय
हाम्रो अनुभवमा एक्यूरेट टिडब्लूएस एचएक्स०३ ट्रू वायरलेस ईयरफोन्सको कमजोर पक्ष भन्दा सबल पक्ष धेरै पायौं । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको बजार मूल्य हो भने यसको गुणस्तरले प्रयोगकर्ताहरुलाई पक्कैपनि सन्तुष्ट बनाउने छ । त्यसैले यो बजेट सेगमेन्टमा उत्कृष्ट वायरलेस ईयरफोन्स हो भन्दा फरक पर्दैन् ।
प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार