स्मार्टफोनको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा असर पुग्ने: अध्ययन रिपोर्ट

Technology Khabar ६ फाल्गुन २०७६, मंगलवार

स्मार्टफोनको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा असर पुग्ने: अध्ययन रिपोर्ट
सांकेतिक
Classic Tech

काठमाडौं । स्मार्टफोनको धेरै प्रयोग गर्दा प्रयोगकर्ताको आँखामा समस्या आउन सक्ने कुरा त हामी सबैलाई थाहा छ । तर हालैको एक अध्ययनले स्मार्टफोनको अत्याधिक प्रयोग गर्ने मानिसको मानसिक स्वास्थ्यमा पनि असर पुग्न सक्ने दाबी गरेको छ ।

क्यानेडियन मेडिकल एसोशिएसन जर्नलमा छापिएको एक शोधका लागि स्मार्टफोनको प्रयोगलाई मात्रै अध्ययनका लागी लिईएको थियो ।

द हस्पिटल अफ सिक चिल्ड्रेनको यस अध्ययनमा बालबालिकाका अभिभावकहरु र शिक्षकहरुले किशोर किशोरीहरुको निन्द्रा, स्कूल कलेजको काम, सामाजिक गतिविधि, अनलाइन गतिविधि बिच सन्तुलन गर्न सहयोग गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

सिक किड्स हस्पिटल र टोरेन्टो वेस्र्टन हस्पिटल यूनिभर्सिटिकी डा. इलिया एबिले परिवार, शिक्षक र डक्टरहरुले मिलेर स्मार्टफोनको हानिकारक प्रभावहरुको समाधान मिलेर खोज्नुपर्ने आवश्यकता रहेको बताइन्।

एबिले आफुहरुको अध्ययनमा सोशल मिडियाको प्रयोगले बच्चाहरुलाई आफैँमाथी नोक्सान गर्न उक्साहट कसरी प्राप्त हुन्छ, स्मार्टफोनको अत्याधिक प्रयोगले मानिसहरुको मानसिक स्वास्थ्यमा कस्तो असर पर्ने, सोशल मिडिया र स्मार्टफोनको प्रयोगले किशोर किशोरीहरुको निन्द्रामा कसरी असर गरिरहेको छ र केहि किशोर किशोरीहरुलाई अन्यको तुलनामा स्मार्टफोनको प्रयोगले बडि असर पुर्याईरहेको हो भन्ने जस्ता प्रश्नहरुको जवाफ दिन खोजेको बताइन । यस्तो प्रश्नहरुमा आफुहरुले यूवाको विश्व स्मार्टफोनमै रहेको र जसको कारणले उनिहरुमा चिड्चिडोपन, रिस र तनाव जस्ता समस्याहरु देखिएको उनले बताइन् ।

उनले आजको युवाहरुको लागी सोशल मिडिया र स्मार्टफोनबाहेक अन्य कुनै समाज नरहेको, उनिहरुको सबै कुरा डिजिटल भएको र उनिहरुलाई चाहिने माया होस वा मित्रता, स्वास्थ्यको बारेमा केहि जान्न होस वा आफ्नो भावना सार्वजनिक गर्न होस यी सबै कामहरु उनिहरुले सोशल मिडियामा नै गर्ने बताइन्।

अमेरिकामा गरिएको एक अध्ययनमा ५४ प्रतिशत युवाहरुले आफुहरुले स्मार्टफोनमा निकै समय बिताउने गरेको मानेका थिए । त्यस्तै ५० प्रतिशत भन्दा धेरै युवाहरुले आफुहरुले यसको प्रयोग कम गर्ने कुरा सोचिरहेको तथ्याङ्क सार्वजनिक भएको थियो । एजेन्सी

प्रकाशित: ६ फाल्गुन २०७६, मंगलवार

Comments are closed.

Loading...