प्रसूति गृहमा प्रभु पे मोबाइल वालेटमार्फत अनलाइन टिकट काट्ने सुबिधा, यसरी लिनुस सेवा

Technology Khabar ६ फाल्गुन २०७६, मंगलवार

प्रसूति गृहमा प्रभु पे मोबाइल वालेटमार्फत अनलाइन टिकट काट्ने सुबिधा, यसरी लिनुस सेवा
Global IME Bank

काठमाडौं ।

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि अस्पताल पुगेर टिकट काट्नु नपर्ने भएको छ ।

अब घरमै बसेर प्रभु पे मोबाइल वालेट मार्फत आफूले चाहेको समय र चिकित्सकसंग टिकट काट्न सकिने सुबिधा अस्पतालले दिएको छ। यसले अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।

प्रसूति गृह अस्पतालले आइतबारदेखि अनलाइन टिकट प्रणाली सुरु गरेसंगै घन्टौसम्म लाइन बस्नुपर्ने बाध्यता हटेको हो ।

भीड व्यवस्थापन गर्न र बिरामीको सहजताका लागि अनलाइन टिकट प्रणाली सुरु गरिएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले बताए । ‘भीड व्यवस्थापन र बिरामीको सहजताका लागि प्रभु पे मोबाइल वालेट मार्फत अनलाइन टिकट शुरु गरेका हौं,’ उनले भने ।

मेडीफ्लो सोलुसनले प्रभु पेमार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था अब परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल अस्पताल बाट पनि सुरु भएको छ ।

मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेकाअनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पेसँगको सहकार्यमा सुरु गरेको छ । उनले भने, ‘अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ ।’

यसरी लिनुस सेवा

प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

हस्पिटल बटन भित्र प्रवेश गरेपछि परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल (Paropakar Maternity & Women’s Hospital) मा क्लिक गर्नुपर्ने हुन्छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ। त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ ।

अस्पतालले हाललाई जनरल ओपिडी तथा पेइङ क्लिनिक दुबै टिकट काट्नका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ ।
यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ फाल्गुन २०७६, मंगलवार

ताजा समाचार