बाग्लुङ्गको ताराखोला गाउँपालिकामा फोरजी सेवा सञ्चालन, उच्च गतिको इन्टरनेट चलाउन पाउने

Technology Khabar ६ फाल्गुन २०७६, मंगलवार

बाग्लुङ्गको ताराखोला गाउँपालिकामा फोरजी सेवा सञ्चालन, उच्च गतिको इन्टरनेट चलाउन पाउने
बाग्लुङ्गमा रहेको नेपाल टेलिकमको टावर । फाइल फोटो
Classic Tech

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ्गको ताराखोला गाउँपालिका १ अमरभूमिमा नवनिर्मित नमस्ते मोबाइल टावरबाट चौंथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

सोमबारदेखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गोष्ठीलाई लक्षित गरी फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए।

फोरजी सेवा सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नमस्ते मोबाइल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधिको मोबाइल डाटामार्फत इन्टरनेट चलाउन सक्ने उनले बताए।

फोरजी सेवा सुचारु भएपछि ताराखोला गाउँपालिकाको वडा नम्बर १ अमरभूमि, वडा नम्बर २ अर्गल, वडा नम्बर ३ हिल र गलकोट नगरपालिका ५ टेउवाका मोबाइल प्रयोगकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने शर्माको भनाइ छ।

फोरजी सेवा सुरु भएपछि गलकोटमा फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन भईरहेको अन्तर्राष्ट्रिय मूतिकला कार्याशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ। गलकोट नगरपालिका ५ हरिचौर टेउवामा कार्यशाला हुँदैछ । कार्यशालामा स्वदेशी र विदेशी मूर्तिकारको सहभागिता हुनेछ ।

गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला आयोजना गरिएको हो । त्यहाँ पुग्ने पर्यटकहरुलाई ईन्टरनेटको पहुँचमा सहज तरिकाले जोडन टेलिकमले फोर जी सेवा शुभारम्भ गरेको हो । यसको विस्तारसँगै टेलिकमका उपभोक्ताले ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका भु-भागमा उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् ।

प्रकाशित: ६ फाल्गुन २०७६, मंगलवार

Comments are closed.

Loading...