सुविसुको क्यान इन्फोटेक अफर, रु.२,६५४ मै इन्टरनेट र फूल एचडि प्याकेज पाईने

Technology Khabar ५ फाल्गुन २०७६, सोमबार

सुविसुको क्यान इन्फोटेक अफर, रु.२,६५४ मै इन्टरनेट र फूल एचडि प्याकेज पाईने
Classic Tech

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीले २५ एमबीपिएस इन्टरनेट र फूल एचडि प्याकेज (२७५ प्लस च्यानल, ९५प्लस एचडी) मात्र रु. २, ६५४ मै प्राप्त गर्नेछन्, जसमा जडान शुल्कदेखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश रहेको छ ।

यसका साथ साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ ।

६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक सहायता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरुबाट अवलोकनकर्ताले मनोरञ्जन लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...