२०३० सम्म विश्वभर १२.५ करोड इलेक्ट्रिक कार गुड्ने, यी हुन् इलेक्ट्रिक कारको बारेमा रहेका भ्रमहरु

Technology Khabar ५ फाल्गुन २०७६, सोमबार

२०३० सम्म विश्वभर १२.५ करोड इलेक्ट्रिक कार गुड्ने, यी हुन् इलेक्ट्रिक कारको बारेमा रहेका भ्रमहरु
Classic Tech

काठमाडौं । हाल विश्वभर इलेक्ट्रिक कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीको अनुसार सन् २०३० सम्ममा विश्वभरको सडकहरुमा १२.५ करोड इलेक्ट्रोनिक कारहरु गुड्ने छ । यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको क्रम बढ्दै गएको हो । तरपनि आम मानिसमा इलेक्ट्रोनिक कारहरुका बारेमा केहि भ्रमहरु रहेको पाइन्छ । जुन बिल्कुलै असत्य रहेका हुन्छन। तल यस्तै इलेक्ट्रोनिक कारका बारेमा रहेका भ्रमहरुको चर्चा गरिएको छ।

१. चार्ज गर्नमा समस्या

हाल इलेक्ट्रोनिक कारहरु उत्पादन गर्ने कम्पनीहरु यसको चार्जरलाई बनाउने काममा लागेका छन्। यस्ता कारहरुको प्रयोग बढेसँगै यसको लागी चाहिने चार्जर र चार्जिंग स्टेशनहरु निर्माणको कामहरु बढ्नेछ ।

हालै नेपाल बिद्युत प्राधिकरणले समेत उपत्यकाका बिभिन्न स्थानमा चार्जिंग स्टेशन निर्माण गर्ने घोषणा गरिसकेकको छ ।

२. गति कम हुने

यस्ता कारहरुलाई शुन्य देखि १०० को स्पीडमा पुग्न हाल थोरै समस्या देखिएपनि विश्वको सबैभन्दा छिटो दौडने कारको रुपमा एक इलेक्ट्रिक कार नै रहेको छ । जसको नाम पिनिनफरिना बातीस्ता हो । यस कारले दुई सेकेन्ड भन्दा कम समयमा नै १०० किलोमिटरको गति समाउँदछ । प्रविधिमा भईरहेको परिवर्तनसँगै इलेक्ट्रिक कारहरुको गतिमा पनि वृद्धि हुँदै गईरहेको पाइन्छ ।

३. एकपटकको चार्जमा कम दुरि पार गर्ने

औशतमा इलेक्ट्रिक कारहरुले एक पटकको चार्जमा २५० देखि ४०० किलोमिटरको दूरी सजिलै तय गर्न सक्दछन् । तरपनि अकस्मात आइपर्ने यात्राहरु र शर्ट रेन्ज चार्जिंग यस कारको समस्याको रुपमा देखापर्न सक्दछ । तर टेस्लाले बनाएको केहि मोडलले ५०० किलोमिटर सम्मको दूरी तय गर्न सक्ने देखिन्छ । जसबाट अन्य कम्पनीले पनि बढि दूरी तय गर्ने कार निमार्णमा लागेका छन्।

४. बढि मुल्य पर्ने

हाल यस्ता कारहरुको प्रयोग बढेसँगै यसको मुल्य पनि कम हुँदै गईरहेको छ । छिमेकी मुलुक भारतमा यस्ता कारको मुल्य २२ लाख भारुको आसपास पर्ने देखिएको छ । यस हिसाबले यस्ता कारहरुको प्रयोग बढ्दै जाँदा मूल्य घटदै जाने निश्चित देखिन्छ। एजेन्सी

प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...