आइफोन ११ प्रो भन्दै भारतमा ई–कमर्श फ्लिपकार्टबाट नक्कली फोनको डेलिभरी

Technology Khabar ५ फाल्गुन २०७६, सोमबार

आइफोन ११ प्रो भन्दै भारतमा ई–कमर्श फ्लिपकार्टबाट नक्कली फोनको डेलिभरी
आइफोन ११ प्रो
Classic Tech

काठमाडौं । छिमेकी मुलुक भारतमा निकै अचम्मलाग्दा घटनाहरु घट्ने गर्दछ । हालै पनि भारतको सहर बेंगलुरुमा यस्तै एक घटना घटेको छ । प्रकाशमा आएको समाचारहरु अनुसार बेंगलुरुमा बस्ने एक व्यक्तिले भारतकै ठुलो ई–कमर्श फ्लिपकार्टबाट आईफोनको नयाँ आईफोन ११ प्रो अडर गर्दा आईफोन जस्तै देखिने नक्कली स्मार्टफोन परेको छ जसमा आईफोन ११ प्रो मा रहने ट्रिपल रियर क्यामरा टाँसिएको थियो ।

यो घटना भारतको बेंगलुरुमा बस्ने राजनीकान्त कुशवाहले आईफोन ११ प्रो अर्डर गर्दा घटेको हो । कुशवाहकाअनुसार उनले यस फोनको लागी पहिले नै फ्लिपकार्टलाई पुरा ९३,९०० भारु पेमेन्ट गरिसकेका थिए । उनले यस्तो काम फ्लिपकार्टको माध्यमबाट आफ्नो प्रोडक्ट बेच्ने थर्ड पार्टी कम्पनीको लापरवाहीबाट भएको हुन सक्ने बताएका छन्।

बेंगलुरुमा बस्ने रजनिकान्त कुशवाहले फ्लिपकार्टबाट ९३,९०० भारतीय रुपैयाँ पर्ने आईफोन ११ प्रो बुक गरेका थिए। केहि दिनको प्रतिक्षा पछि उनले डेलिभर भएको बक्सलाई खोल्दा भित्र आईफोन जस्तै देखिने नक्कली फोन रहको थियो । जुन हेर्दा आईफोन एक्सएस जस्तै देखिन्थ्यो तर यो आईफोन भने थिएन । यो स्मार्टफोन अर्कै कुनै अपरेटिङ्ग सिस्टममा चलिरहेको थियो जसमा केहि एन्ड्रोएड एप्स अघिदेखि नै प्रि लोडेड रहेका थिए। यतिमात्रै नभई यस स्मार्टफोनमा आईफोनको ट्रिपल रियर क्यामराको स्टिकर टाँसिएको थियो । यद्पी फ्लिपकार्टले कुशवाहको सो फोनलाई चाँडै रिप्लेश गर्ने आश्वासन दिएको छ ।

भारतमा घटेको यो अचम्मलाग्दो घटना पहिलो भने होइन । यसअघि पनि फ्लिपकार्टबाट भारत कन्नुरमा बस्ने सुरेश नाम गरेका व्यक्तिले २८,००० भारु पर्ने क्यामरा मगाउँदा कम्पनीले बक्समा टाइल्स राखेर डेलिभरी गरेको थियो । उक्त टाइल्समा क्यामरा को यूजर म्यानुअल गाइड र वारेन्टी कार्डपनि रहेको थियो ।

भारतको मुम्बईमा बस्ने एक इन्जिनियरले फ्लिपकार्टबाट आईफोन ८ अर्डर गरेका थिए । तर उनको बक्समा त झन साबुन मात्रै राखिएको थियो । त्यस्तै गएको वर्ष भारतका नकुल नामका एक ग्राहकले फ्लिपकार्टबाट आईफोन एक्सएस म्याक्स मगाएका थिए तर उनको बक्सबाट पनी नक्कली फोन निस्किएको थियो । एजेन्सी

प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...