रियलमी एक्स ५० प्रो ५जीमा ९० हर्जको सुपर एमोलेड डिस्प्ले हुने, डुअल पञ्चहोल डिस्प्ले डिजाइन

Technology Khabar ५ फाल्गुन २०७६, सोमबार

रियलमी एक्स ५० प्रो ५जीमा ९० हर्जको सुपर एमोलेड डिस्प्ले हुने, डुअल पञ्चहोल डिस्प्ले डिजाइन
सांकेतिक
Classic Tech

काठमाडौं । रियलमीले आफ्नो पहिलो फ्ल्यागशिप स्मार्टफोनलाई २४ फरवरीमा लन्च गर्दैछ । यस स्मार्टफोनलाई यसअघि कम्पनीले स्पेनको बार्सिलोनामा हुने भनिएको मोवाइल वर्ल्ड कंग्रेशमा लन्च गरिने बताएको थियो तर सो इभेन्ट क्यान्सिल भएको छ ।

यसै कारण कम्पनीले आफ्नो पहिलो फ्ल्यागशिप स्मार्टफोन रियलमी एक्स ५० प्रो ५जी लाई अनलाइन इभेन्टमा जर्मनीको म्यूनिखबाट लन्च गर्ने भएको छ । कम्पनीको यस स्मार्टफोनको लन्च अघि नै फोनको मुख्य स्पेशिफिकेशनहरुको जानकारी आउँदै गएको छ । हालैमा कम्पनीले यस स्मार्टफोनका ९० एचजेडको सुपर एमोलेड डिस्प्ले प्रदान गरिने बताएको छ।

डिस्प्ले बारेको जानकारीलाई रियलमीको यूरोप ट्विटर ह्यान्डलबाट शेयर गरिएको हो । अपकमिङ्ग फोनमा ९० एचजेड रिफ्रेश रेट प्रदान गरेबाट कम्पनी हाल १२० एचजेड रिफ्रेश रेटलाई एडप्ट गर्न तयार नरहेका प्रष्ट देखिन्छ । यद्पी पोको, सामसङ, र एसुसले १२० एचजेड रिफ्रेश रेट भएको डिस्प्ले अफर गरिरहेका छन्। चाँडै वानप्लसले पनि आफ्नो नेक्स्ट फ्ल्यागशिप स्मार्टफोनमा १२० एचजेड रिफ्रेश रेट भएको डिस्प्ले प्रदान गर्ने जनाएको छ ।

हालसम्म सार्वजनिक भएको जानकारी अनुसार रियलमी एक्स ५० प्रो ५जी मा क्वालकम स्नापड्रयागन ८६५ प्रोसेसर रहने छ । साथै यस स्मार्टफोन ग्लोबल मार्केटमा कम्पनीको पहिलो ५जी डिभाइस हुने छ । कम्पनीले यस स्मार्टफोनमा ६५ वाटको सुपरडर्ट फास्ट चार्जिंगको सर्पोट पनि रहने स्पष्ट पारेको छ ।

लीक भएको जानकारीहरुका अनुसार कम्पनीको यस स्मार्टफोनमा डुअल पञ्चहोल डिस्प्ले डिजाइन रहने छ । बेन्चमार्किग वेबसाइट अनटूटू मा आरएमएक्स २०७१ मोडल नम्वरसँगै स्मार्टफोनलाई पहिले नै स्पट गरिसकिएको छ । यसले लेटेस्ट हार्डवेयरको मद्दतबाट ५,७४,९८५ स्कोर पुर्याएको छ । साथै यस स्मार्टफोनमा रियलमी यूआई रहने छ । एजेन्सी

प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...